राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिताले ल्याईन ए आमा जाम भन्यो मलाई


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ जेठ

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष एवम् चर्चित गायिका रिता थापामगरले आफ्नो नयाँ गीत ए आमा जाम भन्यो मलाई…को भिडियो दर्शकमाझ ल्याएकी छिन् । आफ्नै अफिसियल युट्युव च्यानलबाट गायिका रिताले यो गीतलाई मँगलबार रिलिज गरेकी हुन् ।

यो गीतलाई एकनारायण भण्डारीले लेखेका हुन् । लोक भाकाको यो गीत निकै माधुर्य बनेको छ । गीतमा गायिका रिता आफैंले संगीत सृजना गरेकी हुन् । उनलाई यो गीतमा गायिकाहरु देबी घर्ती र जुना श्रीस मगरले स्वरमा साथ दिएका छन् । यो गीतलाई श्यामश्वेत रसाईलीले संगीत संयोजन र मिक्सिङ गरेका हुन् । गीत रिलिज भएको दोश्रो दिनमै युट्युव ट्रेन्डिङमा परेको छ । दर्शक श्रोताले गीतलाई निकै राम्रो र मिठो भनेर प्रतिक्रिया दिएका छन् ।

गीतमा पल्टनबाट आएको एक लाहुरेले आफ्नी गाउँकी युवतीलाई लाहुर जान राखेको प्रेमिल प्रस्तावलाई चर्चा गरिएको छ । गीतसँगै भिडियो पनि त्यत्तिकै रमाईलो बनेको छ । यो गीतको भिडियोमा चर्चित गायक तथा मोडल प्रकाश सपुतले यसमा अभिनय गरेका छन् ।

प्रकाशसँगै मोडल शनिसा भट्टराईको यसमा अभिनय रहेको छ । यो गीतको भिडियोलाई मौसम हिमालीले कोरियोग्राफी एवम् निर्देशन गरेका हुन् । जसमा बुद्ध थापाको छायाँकन, मनोज कार्कीको सम्पादन रहेको छ ।

https://www.youtube.com/watch?v=rTtihzkOPc0