राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालबाट एकदर्जन कलाकारलाई स्पष्टिकरण माग


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ जेठ

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल बिकृति बिसंगति न्युनिकरण बिभागले थप १२ जना कलाकारलाइ स्पस्ट्रीकरण सोध्ने निर्णय गरेको सो प्रतिष्ठानद्धारा विज्ञप्ति मार्फत जनाईएको छ ।

प्रतिष्ठानकी अध्यक्ष रिता थापामगर र महासचिब शिब हमालले सँयुक्त रुपमा यो बिज्ञप्ति मार्फत उनीहरुसँग स्पष्टिकरण मागेका हुन् ।
मुलत पछिल्लो समय युट्युव च्यानलमा प्रत्यक्ष लोकदोहोरी गायन मार्फत भिडियो हाल्ने क्रममा चरम व्यबसायिकताको नाममा यी कलाकारहरुले लोक दोहोरीको मूल्य र मान्यतालाई तोडेर अश्लिल हाउभाउ र शब्दको प्रयोग गर्दै लोक दोहोरीको नाममा बिकृति फैल्याएका कारण उनीहरुसँग स्पष्टिकरण मागिएको प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले बिज्ञप्ति मार्फत जनाएकी छिन् ।

यसरी स्पष्टिकरणको लागि पत्र काटिएका कलाकारहरुमा शर्मिला रायमाझी, नविना सिलवाल “खुईली“, रिया खड्का, शंकर सुनार, नवराज काप्री “धादिङे भाले“, सुशीला लामा, तारा थापा, सागर बि.सी, सिताराम परियार, सलिना नेपाली, विशाल सोनी (कामी दाइको घन ठोकाई) र गोपाल नेपाल “जीएम“ (तेरी ….गीत) रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई समेट बोदार्थ लेखेर यी कलाकारहरुलाई प्रतिष्ठानले पत्र काटेको छ । समयमै पत्रको जवाफ नदिए आफुहरुले उनीहरुलाई थप कारवाही गर्ने पनि पत्रमा उल्लेख गरिएको छ ।