ब्युटी न्युज नेपाल
काठमाडौं, १ असार
नेपाल सरकार संघी सँसदले हालै ल्याएको बजेटमा नेपाली चलचित्र उधोगलाई त्यति महत्व दिएको छैन । तर बागमती प्रदेशले शनिबार ल्याएको बजेटमा नेपाली चलचित्रको छायाँकनलाई महत्व दिएको छ । बजेजमा चितवनको सौराह, मेघौली, गोलाघाट, भक्तपुरको नगरकोट, दोलखाको शैलुङ क्षेत्रलाई खुला चलचित्र छायांकन क्षेत्रको रुपमा विकास गरिने कुरालाई महत्वका साथ उल्लेख गरिएको छ ।
बागमती प्रदेश सरकारले सो आर्थिक वर्षको लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ । बागमती प्रदेशका आर्थिक मामिलामन्त्री जगन्नाथ थपलियाले यो बजेटमा चलचित्रलाई महत्व दिएको बताएका छन् ।
समुदायको सहभागितामा विभिन्न जातजाति, भाषा, साहित्य, दर्शन, संस्कृति, कला, पुराना बाजा, संगीत, नाच र नाट्य लगायतका अमूर्त सांस्कृतिक सांस्कृतिक सम्पदाको सूचीकरण र संवद्र्धनात्मक कार्यक्रम संचालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको समेत बजेटमा उल्लेख छ ।
यसैगरी यो बजेटमा बागमती प्रदेशभित्र रहेका कला, संस्कृति, भाषा, लिपी, जातजाति, धर्म, बाजागाजा आदिका बारेमा अध्ययन र अनुसन्धान गर्न चाहने अध्येतालाई प्रोत्साहन गर्न आवश्यक बजेट व्यवस्था गरिएको उनले बताए । बागमती प्रदेशभित्र रहेका मूर्त अमूर्त संस्कृति र सम्पदाको संरक्षण गर्न आवश्यक नीति तर्जुमा गरिने बजेटमा उल्लेख गरिएको पनि उनले जानकारी गराए । बजेटमा चलचित्रलाई समेटिएकोमा बागमती प्रदेशका सिनेकर्मीहरुले मन्त्री थपलियालाई धन्यबाद ज्ञापन गरेका छन् ।