गसिप :
ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ जेठ
अभिनेत्री पुजा शर्माको पछिल्ला दुई चलचित्र बक्स अफिसमा व्यबसायिक रुपमा असफल भए । तीन वर्ष याताबाट पुजाले हिट फिल्म दिन सकेकी छैनन् । सुदर्शन थापा निर्देशित पछिल्लो चलचित्र सम्हालिन्छ कहिले मनमा पुजा शर्मा शिर्ष भूमिकामा थिईन् । तर यो चलचित्र व्यबसयिक रुपमा सफल हुन सकेन । निकै हाईफाईका साथ निर्माण गरिएको र बिदेशका धेरै सुन्दर ठाउँ समेटिएको भए पनि दर्शकले यो चलचित्रलाई मन पराएनन् ।
यसपछि पुजाको अर्को चलचित्र उपहार चार महिना अघि रिलिज भयो । यो चलचित्रमा रेखा थापा, बेनिशा हमाल र पुजा शर्मा गरी तीन अभिनेत्री थिए । तीन अभिनेत्री हुँदा पनि यो फिल्म बजारमा राम्ररी चलेन । अभिनेत्री पुजाले यो फिल्मबाट निकै आशा गरेकी थिईन् । तर बजारमा पुजाको यो फिल्म पनि माछो माछो भ्यागुतो उखान जस्तै भयो ।
यतिबेला पुजाको अर्को चलचित्र दान्भी रिलिज हुँदैछ । यो फिल्ममा उनी नै सर्भे सर्भा भूमिकामा छिन् । बिगतमा आफ्ना अधिकाँस फिल्म रिलिज हुँदा रुँदै दर्शकलाई हलसम्म आउन आग्रह गर्ने यी अभिनेत्री यसपटक रोएको देखिएको छैन । पछिल्लो समय सञ्चारकर्मीसँग अभिनेत्री पुजाले आफुलाई स्टार कलाकारले हैन, स्वयम् हिट भएको बताउँदै आएकी छिन् । आफुलाई कसैले बनाएको हैन भन्ने तर्क यिनले दिने गरेकी छिन् ।
पुजाका पछिल्लो अन्तवार्ता हेर्दा उनीमा मपाई निकै बढेको धेरैको कथन छ । उनले अनमोल केसीलाई पटक पटक गाली गर्न थालेपछि यतिबेला अनमोलका फ्यानहरुले पुजाको सामाजिक सञ्जालमा निरन्तर गालीको बर्षा गरिरहेका छन् ।
एउटा कलाकारलाई बनाउन निर्माता, निर्देशक, सहयोगी कलाकार, प्राविधिक, वितरक, प्रदर्शकदेखि दर्शकसम्मको ठुलो हात हुन्छ । पुजा एक्लै जती फुरु फुरु उफ्रे पनि टिमको मेहनत बिना नायिकाले मात्र फिल्म बन्दैन । उनलाई नायिका बनाउन पनि टिमको ठुलो देन हुन्छ । त्यो भन्दा ठुलो देन वितरकदेखि प्रदर्शक र अन्त्यमा दर्शकसम्मको हुन्छ । त्यसैले म आफैं बनेको भन्नु भनेको अरुको योगदान र सहकार्यको अपमान गर्नु हो भन्ने टिप्पणी यतिबेला उनीमाथि हुन थालेको छ ।
यस अघि जेठ ११ मा रिलिज हुने भनिएको पुजाको फिल्म दान्भी सरेर ७ असारमा पुग्यो । किनकी ११ जेठमा प्रदीप खड्काको पुजार सार्कीसँगै अनमोल केसीको फर्की फर्की रिलिज हुँदै थियो । यत्रो दम्भ भएकी पुजा ती दुई फिल्मबाट भाग्नु पर्यो । ७ असारमा आउँदा पनि उनलाई हेप्नेहरु कम भएनन् । यो मितिमा पनि अरु दुई फिल्महरु आचार्य र शिरफुल थपिए । तैपनि पुजाको दान्भी हिट होस् । पुजामा आक्रोस र इस्या भन्दा सालिनता र भद्रताको बास होस् । हाम्रो शुभेच्छा ।