ब्युटी न्युज नेपाल
काठमाडौं, ३० जेठ
चलचित्र चल्नको लागि स्टारकास्टसँगै बलियो स्कृप्ट र चलचित्र पृथक हनुपर्छ । बुधबार काठमाडौंमा प्रिमियर गरिएको चलचित्र बाटोः रोड टु डेथ केही पृथक थियो । प्रस्तुति राम्रो भएर पनि स्टार कास्टको यसमा अभाव थियो । चलचित्रको बारेमा धेरैले एक दुई दिन अघिमात्र जानकारी पाएको प्रतिक्रिया दिए । यसो हुनुमा यसको प्रचार प्रसरको अभाव हो । चलचित्रमा साउन्ड, भिएफएक्स र प्रस्तुति राम्रो छ ।
यो चलचित्र शुक्रबारबाट नेपालमा रिलिज हुँदैछ । यसलाई नेपाली सहित भारतका अन्य तीन भाषामा रिलिज गर्ने निर्माता चन्दन झाले बताएका छन् । निर्माता झाका अनुसार कोभिड अघिबाट निर्माण सुरु गरिएको यो चलचित्र चार वर्षको पछि बल्ल तयार भएको रिलिजका लागि आएको हो ।
चलचित्रको लागतबारे ब्युटि न्युज नेपालको जिज्ञाँसामा चन्दनले भने,‘अहिलेसम्म यसको लागत साँढे चार करोड पुगेको छ । रिलिज गरिसक्दा अझै केही लाख लागत थपिन्छ ?’ स्टार कास्ट समेत नहुँदा पनि किन यतिधेरै लगानी लाग्यो त भन्ने जिज्ञासामा उनले थपे,‘निर्माणमा विभिन्न कारणले ढिला भएकाले पनि केही लागत बढ्यो । अर्को तर्फ यसको सबै पोष्टको काम इन्डियामा हाई टेक्नोलोजीमा गरेका कारण पनि लागत निकै लागेको हो ।’ चलचित्रले यो लागत उठाउलता भन्ने जिज्ञासामा उनले हेरौं उठाउने आशा छ भने ।
यो फिल्म थ्रिलर जनरामा रहेको छ । हेर्दा कता कता हरर फिल्म पनि हो की भन्ने दर्शकलाई लाग्छ । हरर हो की हैन भन्नेबारे दोश्रो सिक्वेलमा जानकारी गराउने निर्माण पक्षको कथन छ । सिनेमालाई उनीहरु सिक्वेल पनि बनाउने पक्षमा छन् ।
चलचित्रका कलाकार मध्य केही परिचित अनुहार अभिनेता सुलक्षण भारतीको अभिनयले प्रिमियरमा यो चलचित्र हेरेका सबैले तारिफ गरे । उनीसँग्र यसमा रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
मदन थापाले यो चलचित्र निर्देशन गरेका हुन् । यसको छायाकार शरण ऋषि, लाइन प्रोड्युसरहरू शङ्कर कार्की, प्रकाश हमाल र दिनेश प्रकाश महरा, कार्यकारी निर्माताहरू रणधीर कुमार झा, अश्विनी घिमिरे, सदिक्षा महर्जन, नवीन अवाल, आकाङ्क्षा बस्नेत र विशाखा विक्रम थापा हुन् ।