ब्युटी न्युज नेपाल
काठमाडौं, २५ बैशाख
श्री केश तेल औं म्युजिक खबर म्युजिक अवार्ड शुक्रबार बेलुका काठमाडौंमा सम्पन्न भएको छ । बिगत ११ वर्षदेखि यो अवार्ड आयोजना हुँदै आएको छ । गीतकार गायक तथा गायिकाहरु सम्मानित एवम् पुरस्कृत भएका छन् ।
म्युजिक खबर अनलाईन पोर्टर र म्युजिक खबर पाक्षिक पत्रिकाको आयोजनामा साँझ काठमाडौंमा यो अवार्ड समारोह सम्पन्न भएको हो । सो समारोहमा बरिष्ट गीतकार चुडामणि देवकोटालाई दीर्घ साधना सम्मान प्रदान गरियो । सो अवार्ड समारोहमा उनलाई ५१ हजार रुपैयाँ सहित सो सम्मान गरिएको हो । कार्यक्रममा सबैलाई स्वागत गर्दै आयोजक संस्थाका अध्यक्ष सुमन पण्डितले बिगत चार दशकभन्दा लामो समयदेखि गीत सृजनामा सक्रिय भएकाले देवकोटालाई दीर्घ साधना सम्मान प्रदान गरिएको बताए । उनले अरु सम्मानित कलाकारको बारेमा पनि प्रकाश पारे ।
केही समयदेखि अमेरिकामा बस्दै आएका अग्रज गायक ओम बिक्रम बिष्टलाई समारोहमा डायस्पोरा संगीत सम्मानबाट सम्मानित गरियो । यस्तै रजत संगीत सम्मानबाट संगीतकार तथा गायक अशोक कुमार राई सम्मानित भए । दशक संगीत सम्मानबाट राष्ट्रिउ लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष एवम् गायिका रिता थापा मगर र गायक राजु परियारलाई सम्मानित गरियो भने गायक बैकुण्ठ महतले युवा प्रतिभा सम्मान प्राप्त गरे । यस्तै समारोहमा बाल गायक अशोक दर्जीलाई बाल प्रतिभा प्रोत्साहन सम्मान र समाजसेवी विष्णु शाही ठकुरीलाई समाजसेवमा सम्मानबाट सम्मानित गरियो ।
यसवर्ष संगीत पत्रकारिता सम्मानबाट राजधानी दैनिकका पत्रकार एवम् गीतकार डब्बु क्षत्रीलाई सम्मानित गरियो । कार्यक्रममा यसपटक सञ्चारकर्मी सम्मानबाट सुदर्शन प्रसाद आचार्य सम्मानित भए ।
कार्यक्रममा गीत संगीत सम्बन्धि विभिन्न ३८ विधामा म्युजिक खबर म्युजिक अवार्ड प्रदान गरियो । यो अवार्डको निर्णायकमा गायक नारायण थापा, गायिका जुना सिरिस मगर, मोडल सजिना लामिछानेलगायत रहेका थिए । कार्यक्रमका विशिष्ट अतिथि अग्रज कलाकार भुवन चन्द, बसुन्धरा भुसाल, चैत्यदेवी, राजेन्द्र थापा, एपसपी कोइर््रालालगायतले उनीहरुलाई सो सम्मान तथा अवार्ड प्रदान गरे ।
सो समारोहमा आधुनिक, लोक, लोकपप, पप, लोकदोहोरी, चलचित्र जस्ता विधाका गीतमा अवार्ड प्रदान गरियो । समारोहमा आधुनिक बिधाबाट गायक कर्ण दास र गायिका संगीता राना प्रधानलाई सर्वोत्कृष्ट आधुनिक गायक र गायिकाको अवार्ड प्रदान गरियो । संगीतकारको अवार्ड सुरज कुमार थापालाई, जुरी अवार्ड संगीतकार तर्फ सरोज कोइरालालाई, आधुनिक युगल गायनको अवार्ड उदय सोताङ र मनिला सोताङलाई, आधुनिक गीत संगीत संयोजकको अवार्ड शाहस शाक्यलाई, गीतकारको अवार्ड दिनेश राईलाई र महिला गीतकारको अवार्ड किस्ना आचार्य रोशनीलाई प्रदान गरियो । समारोहमा लोकगीत तर्फ गायकको अवार्ड विरही कार्की र गायिकाको अवार्ड अन्जु श्रेष्ठले, कल्चरल गीतको अवार्ड गायकतर्फ सागर गुरुङ र गायिका तर्फ सुमन थापामगरले, कौरा गीतको अवार्ड मौसम गुरुङ÷पूर्णकला बिसीले हाँसिल गरे ।
पप तथा लोकपप बिधामा गीतकारको अवार्ड मोहित मर्दन थापाले, संगीतकारको अवार्ड लेखु सहयात्रीले, गायकको अवार्ड चेतन राई, गायककै पपुलर अवार्ड रमेशराज भट्टराईले र गायिकको अवार्ड चाँदनी शाक्यले प्राप्त गरे ।
लोकदोहोरी तर्फ शब्द अवार्ड रमेश परियारले, भाकाको अवार्ड विमल परियारले, गायकको अवार्ड राजु गुरुङले, गायिकाको अवार्ड सन्जु न्यौपानेले, पपुलर गायकको अवार्ड, सुमन परियारले, संगीत संयोजक अवार्ड डोलराज बाह्रघरेले, प्रत्यक्ष दोहोरीतर्फ गायकको अवार्ड सागर बिसीले, र गायिकाको अवार्ड सिता परियारले प्राप्त गरे ।
म्युजिक भिडियोको विभिन्न विधामा पनि अवार्ड प्रदान गरियो । जसमा आधुनिक गीतको म्युजिक भिडियोमा म्युजिक निर्देशकको अवार्ड बबिता श्रेष्ठ मलेकुले, पुरुष मोडलको अवार्ड दिक्पाल कार्कीले, महिला मोडलको अवार्ड अनिता गिरीले, छायाँकारको अवार्ड दुर्गा पौडेलले र भिडियो सम्पादकको अवार्ड विष्णु खड्काले प्राप्त गरे । लोक दोहोरी भिडियो तर्फ महिला मोडल अवार्ड नारायणी खत्रीले, पुरुष मोडलको अवार्ड विजय पुनले, भिडियो निर्देशक अवार्ड दिपेन्द्र तिमिल्सिनाले, भिडियो सम्पादन अवार्ड एचबीएन किस्मतले हाँसिल गरे ।
कार्यक्रममा राष्ट्रिय भावको गीतको अवार्ड उमेश लम्साललाई, चलचित्रबाट गायकको अवार्ड प्रसाद २ बाट मार्सिधान गीतका लागि राजनराज शिवाकोटीलाई र गायिकको अवार्ड काँडेतारबाट सके जोवन गीतबाट सत्यकला राईलाई प्रदान गरियो ।
यस्तै आधुनिक गीत मोडलको पब्लिक च्वाइस अवार्ड सरस्वती खत्रीले, लोकदोहोरी नवप्रतिभा पुरुष अवार्ड सचिन भट्टराईले, लोकदोहोरी नवप्रतिभा महिलाको अवार्ड सपना सुनामले, नवप्रतिभा पप आधुनिक पुरुष मोडल अवार्ड प्रचण्ड राई, नवप्रतिभा पप आधुनिक महिला मोडल अवार्ड विमला गुरुङले, युगल गायन पब्लिक च्वाइस अवार्ड निमा शेर्पा र सुरक्षा सेन्चुरीले, ध्वनि मुद्रक आधुनिक गीत अवार्ड विप्लव अधिकारीले, महिला गीतकार जुरी अवार्ड, संचिता कर्माचार्यले, इन्करेजमेन्ट गीतकार अवार्ड सिर्जना मञ्जरीले, डायस्पोरा गीतकार अवार्ड कुमार शिवाकोटीले र म्यूजिक प्रोड्यूसर अफ दि इयर अवार्ड सूर्य क्रियशन प्रालिबाट सूर्य बहादुर मगरले पाए ।
तस्बिर : बद्री थापा/ब्युटी न्युज नेपाल