सँविधान दिवसमा आउँदै निताको ह्वसो दीर्घ


ब्युटी न्युज नेपाल
काठमाडौं, २० जेठ

चलचित्र ‘ह्रस्व दीर्घ’ अब संविधान दिवसको अवसर पारेर ३ असोजमा रिलिज गरिने भएको छ । यो चलचित्र यसअघि आगामी ११ असोजमा रिलिजको घोषणा गरिएको थियो । विविध कारणले एक साता अघि नै रिलिज मिति सार्नु परेको यसको निर्माता नीता ढुंगानाले बताएकी छिन् । वितरण कम्पनि र निर्माण टिमको सल्लाहमा फिल्मको रिलिज हेरफेर गरिएको उनको कथन छ,’हाम्रो प्रोडक्ट कुन मितिमा ल्याउने विषयमा हामी जिम्मेवार हुने कुरा रहन्छ, असोज ३ प्रदर्शनको लागि उपयुक्त दिन ठानेर उक्त मिति रोजिएको हो ।’ नीताले भनिन् । फिल्मको यतिबेला धमाधम डबिङको काम चलिरहेको छ । पुरानी अभिनेत्री विपना थापा यहि फिल्मको डबिङको लागि यतिबेला नेपालमा छिन् ।

ह्रस्व दीर्घमा निर्मात्री रहेकी अभिनेत्री नीतासँगै, अभिनेता हरिहर अधिकारी, चर्चित दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, अलि वलिउड कलाकार प्रदीप रावतसँगै विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायत नाम चलेका दर्जनबढि कलाकार अभिनयमा छन् । यसलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । सोसियल ड्रामासहितको प्रेमकथामा आधारित यो फिल्मलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ । यो निता फिल्मसको ब्यानरमा फिल्म तयार भएको हो ।

अभिनेता हरिरहर अधिकारीको कथा रहेको फिल्ममा वलिउडका स्थापित सिनेमाटोग्राफर कविरलालको छायांकन छ । फिल्ममा मित्र डि गुरुङको सम्पादन छ । कास्टिङ निर्देशक धनन्जय घलानी रहेको फिल्ममा कोरियोग्राफी रामजी लामिछाने र वलिउड कोरियोग्राफर शुष्मा सुमनको छ ।