ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ जेठ
नयाँ चलचित्र ‘लण्डन टू पेरिस’ यही २५ जेठबाट देशव्यापी रिलिज हुने भएको छ । प्रदर्शनी मिति निजिकिँदै गर्दा यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्रको ट्रेलरलाई आइतबार युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
घनश्याम लामिछानेको निर्देशनमा तयार भएको यो चलचित्रको ट्रेलरमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नवोदित अभिनेता निश्चल खड्काबीचको प्रेम र विछोड सम्बन्धका आरोह अबरोह प्रस्तुत गरिएको छ । लण्डन टू पेरिसको ट्रेलर अनुसार साम्राज्ञीलाई भुल्न निश्चल अभिनेत्री गरिमा शर्मासँग नजिक बनेको तर, उनीहरुको पनि सम्बन्ध टुटेको देखिन्छ । यसमा साम्राज्ञी, निश्चल, कविर, गरिमासँगै रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धीको पनि अभिनय छ ।
यो चलचित्रमा यात्राको प्रेम कथा प्रस्तुत गरिने यसका निर्देशक लामिछानेले बताएका छन् । यो चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत र लांगिनस फर्नान्डेजको कोरियोग्राफी रहेको छ ।
एबी इन्टरनेशनलको प्रस्तुतिमा बनेको फिल्ममा गौतम प्रोडक्शन तथा अर्चिड भेस फिल्मसले निर्माण सहकार्य गरेका छन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह–निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।
यो चलचित्रमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले सिनेमालाई नेपालभर वितरण गर्नेछन् ।