श्रीमतीले बलात्कारको आरोप लगाएपछि गायक रवि ओडद्धारा प्रहरीमा अत्मसमर्पण


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० बैशाख

नेपाल आइडल फेम गायक रवि ओडलाई प्रहरीको नियन्त्रणमा लिएको छ । उनलाई हिजो कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीका अनुसार गायक ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन् । उनी बिरुद्ध श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिईन् । उजुरी दिँदा उनी कार्यक्रम प्रस्तुत गर्न बिदेश गएका थिए ।

श्रीमतीले आफुलाई श्रीमान रबीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुन गरेर यातना दिएको भन्दै गत चैत २१ गते इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा ओडले नेपाल फर्केपछि आफैं प्रहरी कार्यालयमा उपस्थित भएर अत्म समर्पण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।