गीताको दियो कलश… रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं २१ बैशाख

लोकप्रिय गायिका गीता भट्टराईको नयाँ गीत ‘दियो कलश…’को भिडियो सार्वजनिक भएको छ । गायिका भट्टराईले आफ्नै युटूव च्यानबाट यो गीतको भिडियो सार्वजनिक गरेकी हुन् । रमेश परियारको शब्द, संगीत रहेको दियो कलश… गीतमा गायिका गीता भट्टराईलाई रमेश निर्दोषले स्वरमा साथ दिएका छन् । गीत कर्णप्रिय बनेको छ ।

यो गीतको भिडियो आकर्षक बनेको छ । सुन्दर दृश्य कैद गरिएको भिडियोमा सुरेश कोह्ली, अस्मिता रणपाल आदिको अभिनय छ । भिडियोमा गायिका भट्टराईले पनि अभिनय गरेकी छिन् । यो गीतको भिडियोमा अजय रेग्मीको छायांकन, अमित चापागाईंको सम्पादन रहेको छ । भिडियोलाई कुमार केसीले निर्देशन गरेका हुन् ।

लोक दोहोरी, लोक पप तथा आधुनिक गीत–संगीत क्षेत्रमा आफ्नो फरक परिचय बनाएकी गीताले यो नयाँ गीतबाट दर्शकको राम्रो प्रतिक्रिया पाएको बताएकी छिन् ।