चण्डिगढमा भारती अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौं १९ बैशाख

भारती अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ भारतको चण्डिगढ स्थित टागोर थियटर सेक्टर १८ बि मा सम्पन्न भएको छ । यो अवार्ड कार्यक्रमका संयोजन गढभारती पिक्चर्स प्रालीका अध्यक्ष अमृत भारतीले गरेका थिए ।

भारती पिक्चर्स प्रालीको प्रस्तुतीमा प्रवासी साझा मञ्चद्वारा अवार्ड आयोजना गरिएको हो । प्रवासी साझा मञ्चका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको सभापतित्व र सँस्कृती बिभाग प्रमुख नेपाली दूतावास भारतका गोकुल बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ५७ बिधामा नेपालबाट गएका राष्ट्रिय कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

समाजसेवि तथा लोक गायक कृष्ण कँडेललाई दीर्घ साधना सम्मानद्वारा सम्मानित गरिएको थियो । दशकका गायिकाको रुपमा चर्चित लोक तथा दोहोरी गायिका पुर्णकला बिसिलाई सम्मान गरिएको थियो भने मौलिक लोक गायकको रुपमा चर्चित लोक गायक राम कुमार नेपालीलाई सम्मान गरिएको थियो । यस्तै सो कार्यक्रममा पत्रकार सम्मान कमल चौलागाईले हात पारे ।

चण्डिगढमै पहिलो पटक यति धेरै कलाकार र चार हजार दर्शकको उपस्थितिमा सम्पन्न कार्यक्रमलाई चर्चित कार्यक्रम संचालक पिएन सापकोटा र संस्थाका सचिव करण खड्काले संचालन गर्नु भएको थियो ।