मृगस्थलीमा सेलिब्रेटीद्धारा बृक्षारोपण


ब्युटी न्युज नेपाल
काठमाडौं १० बैशाख

सोमबार बिहान पशुपति क्षेत्रको मृगस्थली जंगलमा विभिन्न सेलीब्रेटीहरुले बृक्षारोपण गरेका छन् । उनीहरुले ‘जन्मदिनलाई सत्कर्ममा जोडौं’ भन्ने तराई बिकास तथा संचार केन्द्र नेपालको नारा अनुसार त्यहाँ पुगेर बृक्षारोपन गरेका हुन् ।

गृह सचिव एकनारायण अर्यालको प्रमुख आथित्यतामा सो बृक्षारोपण कार्यक्रममा सम्पन्न भएहो हो । बरिष्ट फिल्म निर्देशक दयाराम दाहाल,अभिनेत्री,निर्देशक दीपाश्री निरौला,अभिनेत्री,पत्रकार,निर्देशक लक्ष्मण सुवेदी, निर्मात्री केकी अधिकारी,अभिनेत्री मलिका महत,गायक युवराज चौलागाई तथा गायिका सुनीता दुलालका साथमा गुहसचिव,काठमाडौ सिडियो,कानूनविद् तथा संचारकर्मीहरुले त्यहाँ बृक्षारोपन गरे ।

आयोजक संस्थाका अध्यक्ष बरिष्ट पत्रकार गोबिन्द चौलागाईंले हरेक ब्यक्तिले आफ्नो जन्मदिनको दिन कम्तीमा एउटा मात्रै पनि बिरुवा रोप्ने गर्यो भने वातावरण सन्तुलनमा ठूलो टेवा पुग्ने सोचका साथ केही समयअघि रौतहटको चन्दपुर–९ सिन्धुरे घारी मर्दर चाँदी खोला छेउबाट यो अभियान सुरु गरिएको जानकारी दिए । कार्यक्रमका प्रमुख अथिति गृह सचिव अर्यालले जन्म दिनलाई बिरुवा रोपेर मनाउने अभियान अत्यन्तै सकारात्मक रहेको बताउदै यसलाई देशब्यापी अभियानका रुपमा सुचारु गर्नुपर्ने धारणा राखे । ‘रुख रोपेपछि हरियाली बढ्छ, अक्सिजन उत्पादन बढ्छ । स्वस्थ हावाले तन,मन,मस्तिष्क स्वच्छ बनाउछ । स्वच्छ मन,मस्तिष्कले साकारात्मक उर्जा उत्पन्न गर्छ,’ उनले भने,‘पृथ्वीको सम्पूर्ण वातावरणलाई स्वच्छ बनाउने यो अभियान अत्यन्तै राम्रो छ । हामी हरेकले साथ दिनुपर्छ ।’

अभिनेत्री,निर्देशक दीपाश्रीले विरुवा रोपौं अभियानलाई अघि बढाउन आफू कटिबद्ध भएको बताइन । उनले अबका आफ्नो जन्मदिनमा कम्तीमा एउटा भए पनि बिरुवा रोप्ने प्रतिबद्धता जाहेर गर्दै सम्पूर्ण नेपालीलाई बृक्षारोपणलाई आफ्नो जीवनसँग जोड्न आव्हान गरिन् । त्यसैगरी,बरिष्ट निर्देशक दाहालले यो अभियान एक्दमै सकारात्मक पहल भएको बताउदै आफूले पनि अब उप्रान्त बर्षमा कम्तीमा एउटा भए नि बिरुवा रोप्ने प्रतिबद्धता जाहेर गरे । त्यसैगरी, अभिनेत्री केकी,मलिका,निर्देशक सुवेदी अनि गायक चौलागाईंले पनि अबका दिन जन्मदिनमा नबिराइ बिरुवा रोप्ने प्रण गरे ।

काठमाडौ जिल्लाका प्रमुख जिल्ला जितेन्द्र बस्नेत, नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,अर्थ मन्त्रालयकी सहसचिव पार्वती शर्मा, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल,प्रमुख जिल्ला बन अधिकृत,काठमाडौ पुष्पराज बतौला, वरिष्ट पत्रकार जीबराम भण्डारी, मध्यान्ह दैनीकका सम्पादक मदनकुमार श्रेष्ठ, बरिष्ट अधिवक्ता स्वागत नेपाल,नेपाल समाचार पत्र दैनीकका प्रधान सम्पादक सागर पण्डित, प्रशासन डटकमका प्रधान सम्पादक एसआर उपाध्याय, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिकुमार केसी, वरिष्ठ मुटुरोग विशेषज्ञ ओम मुर्ति बन्जाडे, बरिष्ट अधिवक्ता उद्धव चौलागाई,समाजसेवी डम्बरप्रसाद चौलागाईलगायतका ब्यक्तित्वले बृक्षारोपण गर्दै आफुहरुले आगामी दिनमा बृक्षारोपणलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरे ।