छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको फाईनलमा २१ जना चयन


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ बैशाख

‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४’ छैटौं सिजनको फाईनलका लागि २१ जना प्रतियोगीहरु चयन भएका छन् । यो प्रतियोगिता बिगत सात वर्षदेखि आयोजना हुँदै आएको छ । रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लि.को सँयुक्त रुपमा यो पेजेन्ट गर्दै आएको छ ।

गत साता सम्पन्न पहिलो अडिसनबाट १३ जना चयन भएका थिए भने बुधबारसम्पन्न दोश्रो अडिसनबाट पुन ८ जना चयन भएका छन् । रोज ब्युटी एकेडेमी रविभवनमा नेपाल नेशलन हस्पिटलका अध्यक्ष डा. प्रकाश पौडेलका प्रमुख आतिथ्यतामा दोश्रो अडिसन सम्पन्न भएको हो । दोश्रो अडिसनबाट पाल्पाकी लक्ष्मी पौडेल, काठमाडौंका जेस्मी श्रेष्ठ, सविना शाही, अम्बिका खत्री, हिसिला महर्जन, ललितपुरका सविना महर्जन, चिनु कुँवर बस्नेत, सञ्जु तामाङ ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४ सिजन ६ को लागिथ चयन भएका हुन् ।

यो प्रतियोगितामा यस अघि १३ जना प्रतियोगीहरु चयन भएका छन् । जसमा सृजना श्रेष्ठ, निशा थापा, रितु राना (रिता), रजनी राई, शर्मिला बुढाथोकी, आरती राई, सनम खड्गी, मञ्जु खत्री, अम्बिका तुलाधर, अस्मिता अधिकारी, सम्झना सुवेदी थापा, रिता भट्टराई र मैना श्रेष्ठरहेका थिए ।

रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारँजितको अध्यक्षतामा सम्पन्न दोश्रो अडिसनमा बोल्दै डा. प्रकाश पौडेलले ब्युटिसियन आफैंमा सौन्दर्यको चिकित्सक हुने भने । नयाँ प्रतियोगीहरुलाई सफलताको शुभकामना दिँदै उनले यो प्रतियोगिताले ब्युटिसियनहरुलाई सेलिब्रेटीको रुपमा स्थापित गर्दै आएको बताए ।

कार्यक्रममा बोल्दै बरिष्ट ब्युटिसिनय सोनी कारँजितले व्युटिसियनहरुको ब्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि यो प्रतियोगिता आयोजना गर्दै आएको बताईन् ।

छैटौं सिजनको यो दोश्रो अडिसनको निर्णायकहरुमा ब्युटिसियन ट्यालेन्ट नेपाल सिजन ३ की बिजेता लिना डँगोल, रोज ब्युटी एकेडेमीकी म्यानेजिङ डिरेक्टर परिषी कारँजित, लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरी सर्कलकी अध्यक्ष सुनकुमारी श्रेष्ठ, ब्युटिसियन सकुन्तला अवाले रहेका थिए । यो प्रतियोगिताको अफिसियल कोरियोग्राफरमा जयन सुब्बा मानन्धर रहेकी छिन् ।

यो प्रतियोगिताको ग्रान्ड फिनाले आगामी २५ बैशाखमा नाचघरको मेघा हलमा आयोजना हुँदैछ । यो प्रतियोगिताले व्युटिसियनहरुलाई आफ्नो पार्लरबाट बाहिर आएर आफ्नो पेशामा नेतृत्व गर्ने क्षमता बढाउनुका साथै सेलिब्रेटी व्युटिसियनको रुपमा उनीहरुलाई स्थापित गर्दै आएको यसका अर्का आयोजक डब्बु क्षत्रीले बताएका छन् ।

यो प्रतियोगितामा सहभागी हुनेहरुले गाउन र टिसर्ट त पाउँछन नै । उनीहरुले ब्युटिसियन सम्बन्धि दुई साताको विशेष प्रशिक्षण पनि पाउने छन् । सो प्रशिक्षणमा प्रतियोगीहरुलाई सेल्फ मेकअप, ल्यासेस एक्स्टेन्सन, ब्राईडल मेकअप, रशियन जुरो, विभिन्न जुरो, हाईडा फेसियल, हेयर केयर, स्किन केयर, कस्मेटिक केमिकल, वाटर मार्वल नेलआर्ट, पर्मानेन्ट ल्यासेस लिफ्टिङ, बि.बि. ग्लो फेसियल जस्ता विषयमा प्रशिक्षण समेत दिईने भएको छ । यस्तै दुई साताको पर्सनालिटी डेभलपमेन्ट, बतृत्वकला, क्याटवाट जस्ता ग्रुमिङ प्रशिक्षणसमेत उनीहरुलाई गराईने भएको छ । यस्तै उनीहरुको विशेष फोटो शेसन र भिडियो सेसन पनि हुने छ ।