ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ चैत
चलचित्र ‘मोदीबेनी’को छायाङ्कन सकिएको छ । यो चलचित्रको छायाँकन ३१औँ दिनमा इन्ड क्लाप भएको हो । पर्वत जिल्लाको फलेवासमा अभिनेता प्रविण खतिवडा र अभिनेत्री वर्षा सिवाकोटीले अन्तिम सर्ट दिएपछि यसको छायाँकन इन्ड क्लाप भएको हो ।
मोदीबेनीमा अमर प्रताप श्रेष्ठ, वर्षा सिवाकोटी, प्रवीण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ । दुई चरणमा भएको यो चलचित्रको छायाङ्कन काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुन्डे र पर्वतका मोदी गाउँपालिकाको चित्रे, कुस्मा नगरपालिका र फलेवास नगरपालिकामा भएको थियो ।
करिब पैँतिस–चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो चलचित्रले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ ।
यो चलचित्रबाट अमर प्रताप श्रेष्ठले अभिनेताको रुपमा यात्रा सुरु गरेका छन् । यस्तै अभिनेत्री रेजिना उप्रेतीले यसै चलचित्रबाट लामो समयपछि चलचित्रमा कमब्याक गरेकी छन् । निर्देशक शङ्कर कोइरालाले पनि चलचित्रमा निर्देशनमा डेब्यु गरेका छन् ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् । चलचित्रमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । यसमा उत्सव दाहालको डिओपी, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ ।