योगेशकाजी र शान्तिश्रीको स्वरमा फूलमाया कान्छी


ब्युटी न्युज नेपाल
काठमाडौं २९ फागुन

गायक तथा संगीतकार योगेशकाजी शाहले यतिबेला आफ्नो स्वर तथा संगीतमा नयाँ गीत फूलमाया कान्छी…दर्शकमाझ ल्याएका छन् ।

श्रोताको रोजाईमा एकपछि अर्को सफल गीत प्रस्तुत गर्दै आएका योगेश काजीले यो नयाँ गीतमा गायिका शान्तिश्री परियारसँग स्वरमा सहकार्य गरेका छन् । योगशकाजी र शान्तिश्रीको स्वरमा यो गीत निकै मिठो बनेको छ ।

यो गीतमा कृष्ण केसीको शब्द र योगेशकाजी शाहको संगीत तथा संगीत संयोजन रहेको छ । यो गीतको भिडियोमा गायक एवम् अभिनेता प्रकाश सपुत र मोडल सनिसा भट्टराईको अभिनय रहेको छ । यो गीतको भिडियो बुद्ध थापाले खिचेका हुन । जसमा सुनिल बिकको निर्देशन रहेको छ ।

सुरुमा गायन क्षेत्रबाट नै संगीतमा प्रवेश गरेका योगेशकाजीले अहिलेसम्म चार दर्जन भन्दा बढी गीतमा स्वर दिइसकेका छन् । यस्तै उनले दर्जनौं गीतमा संगीत, एरेन्ज र शब्दरचना समेत गरिसकेका छन् ।