ब्युटी न्युज नेपाल
काठमाडौं, २९ फागुन
नेपाली चलचित्र ‘द रेड सुटकेस’ आगामी ३० चैतमा रिलिज हुने रिलिज हुने भएको छ । यो चलचित्रलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन् । यो चलचित्रले विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सबमा महत्वपूर्ण अवार्ड समेत जितिसकेको छ ।
आगामी नयाँ वर्ष २०८१ को अबसरमा रिलिज हुने यो चलचित्रको फस्ट लुक्स (पोष्टर) मँगलबार सार्वजनिक गरिएको छ । योे फस्ट लुक्समा चलचित्रमा मुख्य अभिनेताद्धय सौगात मल्ल, विपिन कार्की र अभिनेत्री सृष्टी श्रेष्ठलाई प्रस्तुत गरिएको छ ।
द रेड सुटकेसको फस्ट लुक्समा अभिनेत्री सृष्टी श्रेष्ठ ग्रामिण महिलाको रुपमा देखिएकी छिन् । यस्तै सौगात मल्ल र विपिन कार्कीपनि कामकाजी युवाको रुपमा छन् । यसमा पहाडी क्षेत्रको राजमार्ग (घुम्तीबाटो) लाई देखाईएको छ । फस्ट लुक्समा कलाकारको चरित्रलाई अथार्थरुपमा देखाउन खोजिएको छ । यो चलचित्रमा यी तीन कलाकारसँगै प्रविन खतिवडा पनि मुख्य भूमिकामा छन् ।
द रेड सुटकेश गत सेप्टेम्बरमा भेनिस फिल्म फेस्टिबलमा वर्ल्ड प्रिमियर भएको यो चलचित्रले फेस्टिभलमा दुई महत्वपूर्ण अवार्ड हाँसिल गरेको थियो । यस्तै संसारकै पुरानो मध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि ठाउँमा पनि यो चलचित्र छनौट भएको छ ।
चलचित्रको बारे निर्देशक फिडेलले यो चलचित्रबारे भने,‘द रेड सुटकेस मध्यम तथा न्युन बर्गिय नेपाली समाजका युवाहरुको बर्तमान कथा हो । मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर यो चलिचत्रको कथा हामीले बुनेका हौं ।’
अघिल्लो चलचित्र ऐना झ्यालको पुलती निर्माण गरेका रामकृष्ण पोखरेलले द रेड सुटकेशलाई पनि ऐना झ्यालको पुतली जस्तै मौलिक कथामा तयार गरिएको बताएका छन् । यो चलचित्रलाई आरआर फिल्मसबाट रोहित–रत्नले वितरण गर्दैछन् ।
श्रीलंकामा प्राविधिक काम गरिएको द रेड सुटकेसमा रामकृष्ण पोखरेल, शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह–निर्माताको रुपमा रहेका छन् । सुशन प्रजापतिको छायांकन रहेको यो चलचित्रलाई समन अलभितिगाले सम्पादन गरेका छन् ।