ब्युटी न्युज नेपाल
काठमाडौं, २२ फागुन
चलचित्र विकाश बोर्डको प्रवक्त एवम् बोर्ड सदस्य केएल बुढाथोकीले आफ्नो ज्यु ज्यानको असुरक्षा भएको बताएका छन् । मँगलबार सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै उनले आफ्नो सुरक्षाको माग राज्य तथा सम्बन्धित निकायसँग मागेका छन् ।
बोर्डको बैठकका बोर्डका खरिदार पदका अस्थायी कर्मचारी निराजन गिरीले आफुलाई ज्यान मार्ने धम्की दिएको र गाली बेईज्जत गरेको सदस्य केएल बुढाथोकी पीडितले जनाएका छन् । यसबारे आफुले कानूनी बाटो खोज्ने पनि उनले बताएका छन् ।
बोर्ड सदस्यमाथि हातपातको धम्की आउँदा पनि बोर्ड अध्यक्ष भुवन केसीले कुनै प्रतिक्रिया दिएका छैनन् । कर्मचारी गिरी आफैंमा भुवन केसीको नीजि सचिब भएकाले यो बिषयमा अध्यक्ष केसी चुप रहेको त्यहाँका एक कर्मचारीले बताए । यस बिषयमा अध्यक्ष केसी र कर्मचारी गिरीको प्रतिक्रिया चाँडै आउनु आशा त्यहाँका कर्मचारीले गरेका छन् । यत केएल बुढाथोकीले फेसबुकमा आफ्नो ज्यानको सुरक्षा माग्दै यस्तो लेखेका छन् :
#मेरो #भौतिक #सुरक्षाको #लागि #हार्दिक #अपील !
‘चलचित्र विकास बोर्ड गतिहीन भएको विषयमा केही अघि निवर्तमान संचार मन्त्रीज्यूको सचिवालयलाई लिखित जनकारी गराएको प्रसंग उठाउँदा एकजना खरिदार तहका कर्मचारीले बोर्ड वैठकमा “मेरो नाम नालिनुस् म नामुद गुण्डा पनि हुँ“ भन्दै आतंकित गर्दा मैले प्रतिवाद गरें । अनाधिकृतरुपमा बोर्ड बैठकमा बसेका ती कर्मचारीले बोर्ड वैठक चलिरहेकै बैला भौतिक आक्रमण गर्ने आशय गर्दा बोर्ड अध्यक्ष, सदस्य सचिव लगायत अन्य सदस्यहरु बाट कुनै प्रतिवाद नभएपछि म वैठक छोडेर वाहिरिएको छु ।’
‘बोर्ड वैठकमै आफूलाई गुण्डा घोषणा गर्दै अत्यन्त अमर्यादित शैलीमा धम्काउँदा मैले एकदम अपमानित एवं असुरक्षित महशुस गरेको छु । मेरो जीवनको सुरक्षाका लागि नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड लगायत सम्पूर्ण सरोकारवाला संघ संस्थासंग अपिल गर्दछु ।
यस विषयमा कानूनी उपचारका लागि सम्बन्धित निकायमा जाने तयारी गरेको कुरा जानकारी गराउँदछु ।’