ब्युटी न्युज नेपाल
काठमाडौं, २० फागुन
अघिल्लो चलचित्र जात्रामा पैसा लुकाउन र दोश्रो चलचित्र जात्रै जात्रामा सुन पचाउन सफल रहेको उनीहरुको इतिहाँस छ । उनीहरुको यही इतिहाँसलाई बुझेर यसपटक उनीहरुलाई एक गाडी पैसा एक ठाउँबाट अर्को ठाउँमा पु¥याएर लुकाउने जिम्मेवारी दिईन्छ । त्यो जिम्मेवारीले उनीहरुलाई यतिधेरै जनाव दिन्छकी त्यो जिम्मेवारी दिनेहरुसँगै उनीहरु पनि प्रहरीको चिसो खोरमा पुग्छन् । २० हजार रुपैयाँ तलबको आशा राखेको एउटा मध्यम बर्गिय व्यक्तिले ४० हजारको जागिर पाएको अबस्थामा त्यो जागिर छाडेर पैसाको पछि लाग्दा कस्तो समस्या आउँछ । यो कथा यहाँहरुलाई कतै सुनेको झैं लाग्न सक्छ । सुनेको हैन, यहाँहरुले यो कथा यतिबेला चलचित्र महाजात्राको ट्रेलरमा देख्नु भएको छ । यदि यो कथा यहाँहरुलाई जानकारी छैन भने अहिले नै चलचित्र महाजात्राको ट्रेलर हेर्नुहोला । यही ट्रेलरमा प्रस्तुत गरिएको कथालाई हामीले यहाँ उल्लेख गरेका हौं । यो ट्रेलरमा जुन कथा देखाईएको छ । फिल्मको कथा भने यो हैन । फिल्मको बास्तविक कथा अर्कै छ । त्यसको लागि यहाँहरुले आगामी ९ चैतमा चलचित्र महाजात्रा नै हेर्नु पर्ने हुन्छ ।
महाजात्राको ट्रेलर आईतबारबाट दर्शकमाझ आएको छ । यो ट्रेलर आज सबैभन्दा धेरै खोजिएको नेपाली भिडियोको सूचीमा परहेको छ । ओएसआर डिजिटलबाट यसलाई आज दिउँसो रिलिज गरिएको हो । चलचित्रको ट्रेलर निकै रोचक छ ।
काठमाडौंमा एक समारोहबीच यो चलचित्रको ट्रेलर औपचारिक रुपमा आज रिलिज गरिएको हो । गीतको ट्रेलर अनुसार महाजात्रामा अग्रज हास्य अभिनेता हरिबँश आचार्य महाभ्रष्टको भूमिकामा छन् । यस पटक आफु हदै सम्मको खराब चरित्रमा उत्रिएको र यो चरित्रलाई न्यायको कोशिस गरेको अभिनेता आचार्यले बताएका छन् । चलचित्रमा यसपटक अभिनेता दिब्यदेब पनि प्रस्तुत भएका छन् । उनी भ्रष्ट प्रहरी अधिकारीको भूमिकामा रहेको ट्रेलरले जनाउँछ ।
विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झालगायतका कलाकारहरु अघिल्ला चलचित्रहरु जात्रा, जात्रै जात्राकै चरित्रमा छन् । तर यसपटक उनीहरुको भूमिका र जिम्मेवारी फरक रहेको महाजात्राको ट्रेलरबाट प्रस्टिएको छ । जात्रामा एक बोरा नोट र जात्रै जात्रामा एक बोरा सुन तहलगाउन सफल बिपिन र रबिन्द्रद्धयलाई यसपटक एक ट्रक पैसा व्यबस्थापनको जिम्मेवारी दिईएको यो चलचित्रको ट्रेलरले जनाएको छ ।
यस अघि जात्रा र जात्रै जात्राबाट १० करोडको ग्रस व्यापार नेपालमा गर्न सफल यसका निर्देशक प्रदीप भट्टराई, निर्माता म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेलको बिगतको भन्दा दोब्बर ग्रस नेपालबाट यस पटक सँकलन गर्ने सपना रहेको छ । चलचित्रको कथा एक ट्रक पैसाको वरिपरी घुमेको छ भने यसका निर्माता र निर्देशकले पनि फिल्मको कथामा जस्तो यसको व्यापारबाट एक ट्रक (२० करोड) पैसा कमाउने चाहना राख्नु अस्वभाविक हैन । त्यो सम्भावना हुने सँकेत ट्रेलरले देखाएको छ ।
फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ ।
महाजात्रामा पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल र काली प्रसाद बाँस्कोटा सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइन रहेको छ ।