गीतकार सरला श्रेष्ठले ल्याईन गुनासो


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ फागुन

गीतकार सरला श्रेष्ठको रचनामा नयाँ गीत गुनासो बजारमा आएको छ । पछिल्लो समय गीत लेखनमा चम्किँदै गरेको सरलाको यो गीत पनि माधुर्य बनेको छ । यो गीतमा बबिना भट्टराईको स्वर र संगीत रहेको छ ।

यो गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ । गीतलाई नकुल कार्कीले रेकर्ड गरेका हुन् । प्रकाश खरेलले मिक्सिङ सम्हालेको गीतको भिडियोमा गायिका बबिना आफैले अभिनय गरेकी छन् । गीतको भिडियो झिल्को क्रियसनले तयार गरेको हो ।

गीत जति मिठो बनेको छ । त्यसको तुलनामा भिडियो निकै कमजोर अर्थात काम चलाउ मात्र बनेको छ । वाविना आफैं आफ्नो गीतको भिडियोमा देखिने मोह यसमा पनि छ । त्यसैले उनले स्टुडियो भिडियो भन्दा यसलाई कथानक म्युजिक भिडियो बनाएको भए गीतले दृष्यगत रुपमा अझ न्याय पाउने थियो । आउँदा दिनमा यो कुरालाई गायिका बविनाले सुधार्ने आशा गरौं । त्यसो भयो भने गीतले दर्शकको भ्युज पनि राम्रो पाउँछ ।