ब्युटी न्युज नेपाल
काठमाडौं, १७ फागुन
कनका सुन्दरी फिल्मसको आयोजनामा रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० सम्पन्न भएको छ । सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा अवार्ड कार्यक्रम भएको हो।
समारोहमा प्रथम देउडा गायक स्वर्गीय महाशंकर देबकोटाको नामबाट महाशंकर राष्ट्रिय प्रतिभा पुरस्कार २०८० वरिष्ठ देउडा गायिका सेतु खड्कालाई प्रदान गरिएको छ। समाजसेवी संस्थाका प्रमुख सल्लहकार रतननाथ योगी र पत्रकार गीता अधिकारी पनि सम्मानित भएका छन्। कार्यक्रममा गीत संगीतका विभिन्न ३० विधाका विजेता कलाकार तथा स्रस्टाहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिएको छ ।
यस्तो छ अवार्ड विजेतको सूची
१.उत्कृष्ट राष्ट्रिय भावको गीत
अजय पल सिंह– छोरो नेपालको
२. उत्कृष्ट गीत
शम्भु कुँवर– माइली
३. उत्कृष्ट गीतकार (आधुनिक/पप)
पद्मा लिङ्खा मगर– अम्मली पो भएँ
रोहित घिमीरे— सान्बाबु
४. उत्कृष्ट संगीतकार (आधुनिक/पप)
रामकुमार रिमाल— पूरा भयो सपना
५. उत्कृष्ट गायक (आधुनिक/पप)
डेविट शंकर— सधै यस्तै मिठा कुरा
६. उत्कृष्ट गायिका (आधुनिक/पप)
निता आचार्य— मनको धोको
७. उत्कृष्ट नव गायन (आधुनिक/पप)
निमा शेर्पा— भन आज
८. उत्कृष्ट मोडल पुरुष (आधुनिक/पप)
पुष्प खड्का— अम्मली पो भए
९. उत्कृष्ट महिला मोडल (आधुनिक/पप)
वर्षा शिवाकोटी— पानी दर
१०.उत्कृष्ट नव मोडल महिला (आधुनिक/पप
पवि शाकी— जुम्ला
११. उत्कृष्ट नव मोडल पुरुष (आधुनिक/पप)
अंशु बर्मा— सुन चाँदी २
१२. उत्कृष्ट म्यूजिक भिडियो निर्देशक (आधुनिक/पप)
डिबी खड्का— सधैं यस्तै मिठा कुरा
१३. उत्कृष्ट शब्द रचना (लोक दोहोरी)
याम प्र. निउरे— तिम्रो घरबार
१४. उत्कृष्ट लय (लोक दोहोरी)
डा. शिव सुवेदी— दुःख टर्या छैन
१५. उत्कृष्ट लोक दोहोरी गायक
कुमार कार्की – मनको चाहाना
१६. उत्कृष्ट लोक दोहोरी गायिका
पूर्णकला वि.सी.— माइली
१७. उत्कृष्ट मोडल पुरुष लोक दोहोरी
सागर लम्साल— वनै ज्यू दाजै ज्यू
१८. उत्कृष्ट मोडल महिलालोक दोहोरी
एन जेड सालु— आँखैमा बस्छौकी माया
१९. उत्कृष्ट नव मोडल (लोक दोहोरी)
गणेश भट्ट— मैसाप
२०.उत्कृष्ट लोक दोहोरी म्यूजिक भिडियो निर्देशक मिलन श्रेष्ठ— मनमा तिमी
२१.उत्कृष्ट छायाङ्कार
विरेन्द्र भट्ट— नपार दोधारमा
२२. उत्कृष्ट सम्पादक
अमृत चापागाई— म त मर्छु होला
२३. उत्कृष्ट एरेन्जर
विशासाल निरौला –— किन मरिनँ म–२
२४. उत्कृष्ट श्रृङ्गार
विमला तामाङ— सकम्बरी
२५. उत्कृष्ट अडियो मिक्सिङ्ग
मनोज परियार— भिर माहुरी
२६. उत्कृष्ट गायक भाषाभाषी
सागर एस वाइबा— केप्पा योङ योङ
२७. उत्कृष्ट गायिका भाषाभाषी
कृष्णा सिराडी— बास घुघुती
दिपा रोकाया— सालीभिना (जुरी अवार्ड )
२८. उत्कृष्ट नव प्रतिभा गायन (भाषाभाषी)
पशुपति खनाल— सँगै लैजा मलाई
२९. उत्कृष्ट लाइभ दोहोरी गायक
छत्र शाही
३०.उत्कृष्ट मोडल जुरी अवार्ड
सुजल बम