रुमानी रँगमा धिरज र साम्राज्ञी


ब्युटी न्युज नेपाल
काठमाडौं, १० फागुन

साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरले सँगै अभिनय गरेको चलचित्र इन्टु मिन्टु लन्डनमा आधा दशक अघि आएको थियो । यो फिल्म हिट पनि भएको थियो । त्यसपछि यो जोडीलाई अब नयाँ चलचित्र रुमानी रँगमा जोडी बनेर प्रस्तुत हुने भएका छन् ।

अनिल योञ्जनको निर्देशन रहने यो चलचित्रको बिहिबार काठमाडौंमा एक समारोहबीच निर्माण घोषण गरिएको छ । यो सिनेमामा कथारपटकथारसंवाद निर्देशक योञ्जनकै रहनेछ। ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रा लिको व्यानरमा निर्माण रहने सिनेमामा जिएम ठकुरी प्रस्तुकर्ता छन् भने हरि मल्ल ठकुरी निर्माता हुन्।

यसअघि यो टिमले एक्सन थ्रिलर चलचित्र लाखे निर्माण गरेको थियो। सिनेमामा आविस्कार बहुसंचार प्रा लिको सहकार्य रहनेछ भने अष्ट्रेलियाको लाइन प्रोडियूसरमा डिव्वाईज इन्टटेन्मेन्ट रहेको छ। यो कम्पनीले डमरूको डण्डीवियो, नेप्टे, क्यापटेन तथा ए मेरो हजुरलगायतका १० बढि नेपाली सिनेमाको अष्ट्रेलियामा वितरण गरिसकेको छ।

सिनेमाको ९० प्रतिशत सुटिङ अष्ट्रेलियामा हुनेछ भने बाँकी १० प्रतिशत नेपालमा हुनेछ। सिनेमाले वर्तमान समयको आधुनिक प्रेमकथा प्रस्तुत गर्ने जानकारी निर्माणपक्षले दिएको छ। निर्माणपक्षले यसलाई रंगिन प्रेमकथा भनेको छ। महेश पौडेलको सिनेम्याटोग्राफी रहने सिनेमामा सुशिल थापा, श्रीजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी सहनिर्माता छन् ।

सिनेमाले सजिलोसँग तोडिने र गार्होसँग जोडिने मायालाई हसाएर, रुवाएर विदेशमा बस्ने विद्यार्थीको दुस्खसमेत देखाउनेछ। सिनेमा वैशाखको पहिलो साताबाट फ्लोरमा जानेछ।