मेयर भरतको जीबनकथामा मेयर फिल्म निर्माणमा


ब्युटी न्युज नेपाल
काठमाडौं २ फागुन

नयाँ चलचित्र ‘मेयर’को निर्माण सुरु भएको छ । यो फिल्मको आज सरस्वती पुजाको अबसर पारेर काठमाडौंको मुहुर्त गरियो । नारायणहिटी मन्दिरमा विधिबत पुजा गरेर यो चलचित्रको शुभ मुहूर्त गरिएको हो ।

सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको जीवनकथामा केन्द्रित रहेर यो चलचित्र निर्माण हुने लागेको चलचित्रकी निर्माता शर्मिला पाण्डेले बताईन्,‘उहाँले मेयर भएर निकै राम्रा काम गरेको पाएपछि हामीले उहाँको जीवनकथामा फिल्म बनाउन लागेका हौं ।’ शर्मिला पाण्डेले भनिन् ।

यो चलचित्रलाई दीपेन्द्र के. खनालको निर्देशन गर्दैछन् । सिनेमाको छायाँकन काठमाडौंमा केही छायाँकन गरेर युनिले १२ फागुनबाट सर्लाहीको बागमतिबाट बाँकी छायाँकन अघि बढाउने निर्देशक खनालले मुहुर्तका क्रममा बताए ।

नेपालको कान्छो नगरपालिका बागमतिका मेयर भरत थापाले भरत ताल लगायत विभिन्न सँरचना बनाएर त्यहाँ गरेको बिकाशबाट आफ्नो टिम प्रभावित भएपछि भरतमाथि फिल्म बनाउन लागेको निर्देशक दीपेन्द्र के खनालले बताए ।यो फिल्ममा भरत थापाको सकरात्मक र नकरात्मक दुबै पाटो समेटिने पनि उनले जिकिर गरे ।

यो चलचित्रमा मेयर भारतको भूमिा अभिनेता खगेन्द्र लामिछानेले र मेयर पत्नीको भूमिका अभिनेत्री वर्षा राउतले निभाउँदै छन् । उनीहरुले पहिलोपटक एकसाथ काम गर्न लागेका हुन् । चलचित्रमा मेयर भरतकी छोरी अर्विशा थापाले भने आफ्नै अर्थात मेयरको छोरीकै भूमिका निर्वाह गर्दैछिन् ।

यो चलचित्रको अन्य कलाकारमा अर्पण थापा, अनुप बराल, दिव्यदेव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायत छन् ।

मेयर भरत थापाको समेत लगानी रहने यो चलचित्रका अन्य निर्मातामा श्रृष्टिमाँ खनाल र शर्मिला पाण्डे छन् । महेश दवाडीको पटकथा लेखन रहेको फिल्मलाई कृष्ण बहादुर थापाले खिच्नेछन् भने जयन जे वाइवा र कल्याण सिंहको संगीत रहनेछ ।