ब्युटी न्युज नेपाल
काठमाडौं ५ फागुन
पूर्वी रुकुमको लुगममा क्यामरा पूजा गर्दै शनिबारबाट चलचित्र ‘घर ज्वाईं’ को छायाँकन सुरु भएको छ । चार दिन अघिमात्र चलचित्र मनरसराको छायाँकन सकेका दयाहाङ राई र मिरुना मगर यो चलचित्रको छायाँकनको लागि यतिबेला रुकुम पुगेका हुन् । जनक घर्ती मगर निर्मित यो चलचित्रको निर्देशक अनिल बुढामगर हुन् ।
यो चलचित्रको पूर्वी रुकुमको लगुम,तकसेरा,ढोरपाटनलगायतका स्थानमा खिचिने छ । करिब ३५ दिनको सेड्युल राखिएको फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, शिशिर वाङ्देल, पुष्कर गुरुङ, भोला सापकोटा, राज थापा काउचा, कविता आले, शिला आले, अनु थापा, बिना मगर, खडुगबहादुर पुन (खबपु), सोनाम लामा, बिवेश बुढा, सुनील मगरलगायतले अभिनय रहने छ ।
जिएम मुभी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगर स्वयम्को हो भने पटकथा र सम्वाद लेखनमा उनलाई सुवास कोइराला र बिनोद खतिवडाले साथ दिएका छन् ।
सुसन प्रजापतिको छायांकन,हर्क साउद र मनोज थापाको शब्द,संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्मको अन्तराष्ट्रिय बितरण एमएसएम इन्टरटेन्मेन्टले गर्दैछ भने नेपालको बितरण अधिकार आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले लिइसकेका छन् । असार २८ गते प्रदर्शन हुने फिल्म मगर संस्कृतिसँग नजिक रहेर निर्माण हुने जानकारी निर्देशक अनिल बुढामगरले दिएका छन् ।