पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, १८ जना घाईते


ब्युटी न्युज नेपाल
पोखरा, १ फागुन

आज साँझ पाल्पाको तिनाउ गाउँपालिका ६ डुम्रे चक्लादी सडक खण्डको चिदिसमा जिप दुर्घटना हुँदा घटनास्थामा आठ जना यात्रुको मृत्यु भएको छ । सो यात्रुबाहक जीप पाल्पाको डुम्रे बजारबाट कुसुमखोलातर्फ गइरहेको बेला शिखर डाँडा जाँदै गर्दा दुर्घटना भएको हो । लु १ ज २३७१ नंम्बरको सो यात्रुबाहक जिप दुर्घटनामा १८ जना घाइते भएका छन् ।

घटनास्थलमा पुगेर उद्धार कार्यमा स्थानीय बासिन्दा, प्रभास प्रहरी र ट्राफिक प्रहरी खटेका छन् । उद्धारको लागि पाल्पास्थित नेपाली सेनाको दि फेमस दल गण र सशस्त्रको टोली घटनास्थलमा खटिरहेका छन् । केही घाइतेलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ । जिपको क्षमता भन्दा बढी यात्रु बोकेका कारण नियन्त्रण हुन नसकेर दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।