डेब्यु कलाकारकै कारण ‘पर्खि बसें तिमीलाई’ हिट हुने विश्वास


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ पुष

निर्देशक दीपक श्रेष्ठले आफुलाई डेब्यु अभिनेता अभिनेत्री फाप्ने बताएका छन् । यस अघि आफ्नो चलचित्र पर्खि बसें डेब्यु अभिनेता राजबल्लभ कोईराला र डेब्यु अभिनेत्री युना उप्रेतीले अभिनय गर्दा सो चलचित्र सपुर हिट भएको बताए । यस्तै आफ्नो २७ औँ निर्देशकीय फिल्म ‘पर्खि बसें तिमीलाई’मा पनि किरण श्रेष्ठ र रक्षा बुढाथोकी डेब्यु अभिनेता अभिनेत्री भएका कारण यो फिल्म पनि हिट हुने जिरिक निर्देशक श्रेष्ठले गरेका छन् । यही आउँदो पुस २७ गतेबाट देशव्यापी रिलिज हुने यो फिल्मको शनिबार काठमाडौंमा आयोजित पत्रकार घेटघाटमा उनले यस्तो भनाई राखेका हुन् ।

माघेसंक्रान्ति लक्षित गर्दै प्रदर्शन गरिने फिल्मबाट आफुहरुले निकै राम्रो आशा गरेको यसका निर्माता राजाराम बुढाथोकीले बताए । सङ्गीतकार महेश खड्का, गीतकार डा. कृष्णहरी बराल, गायक प्रमोद खरेल, वितरक करण श्रेष्ठलगायतले पनि फिल्मको कथाको खुलेर प्रसँसा गरे । यो चलचित्र डेब्यु अभिनेता किरण श्रेष्ठ पनि मण्डला नाटकघरमा लामो समय काम गरेर अभिनयमा राम्रो दक्षता हाँसिल गरेपछि बल्ल यो चलिचत्रमा अभिनय गरेको बताए ।

अभिनेत्री रक्षा बुढाथोकीले यस अघि फिल्म लाखेमा एउटा सार्थक रोल निर्वाह गरेपछि बल्ला आफुले यसमा अभिनेत्रीको रुपमा अभिनय गरेको बताईन् । बाल्यकालदेखि नै फिल्म प्रतिको लगावलाई उनले मुर्तरुप दिएको खुसी व्यक्त गरिन् । निर्माता बुढाथोकीले फिल्म निर्माणमा आउनुको कारण बताए । उनले व्यावसायिक रुपमै अगाडि बढ्ने योजना साट्दै निर्माणलाई निरन्तरता दिने जनाए ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्काको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ । यसमा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । फिल्म ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।