ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ पुष
चलचित्र ‘हात्तीछाप’ माघको २६ गतेबाट रिलिजमा आउन भएको छ । यसैबिच, यो फिल्मलाई फ्रेबुअरी ९ तारिखबाट जापान र दक्षिण कोरियामा रिलिज गर्ने तयारी गरिएको छ ।
फिल्मको जापान र कोरिया वितरणको जिम्मा टिम यूएनएले लिएको छ । यूएनए इन्टरटेन्मेन्टले फिल्मको प्रचार जापान र कोरियामा धमाधम गरिरहेको छ । टिम यूएनएका प्रबन्ध निर्देशक उज्ज्वल गुरागाँइले भने–‘फिल्मको टिजर सार्वजनिक भएपछि जापान र कोरियाका दर्शकले हात्तीछापलाई प्रतिक्षा गरिरहनुभएको छ । यसले, हामीलाई अझै उत्साहित बनाएको छ ।’
किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।
जापान र कोरिया नेपाली फिल्मका लागि राम्रो बजार मानिन्छन् । यसैले, यो बजारमा ‘हात्तीछाप’ले पनि उत्कृष्ट व्यापार गर्ने विश्वास टिम यूएनएको छ ।