नम्रताको नहुनु कहिल्यै टाढामा श्रीदेव, साक्षी र प्रवण


ब्युटी न्युज नेपाल
काठमाडौं ६ पुष

गायिका नम्रता खरेलले यतिबेला आफ्नो नयाँ गीत नहुनु कहिल्यै टाढा…दर्शकमाझ ल्याएकी छिन् । उनले आफ्नै अफिसियल युट्युव च्यानलबाट यो गीत रिलिज गरेकी हुन् । पहिलो आधुनिक गीत बहार…को सफलतापछि उनले यो दोश्रो गीत दर्शकमाझ ल्याएकी हुन् ।

एक दशक भन्दा लामो समयदेखि अमेरिकाको टेक्सास राज्यमा बस्दै आएकी नम्रताले यस अघि गायक प्रताप दाससँग गाएको आधुनिक गीत बहार…ल्याएकी थिईन् । सो गीतले निकै चर्चा पाएको थियो । पहिलो गीतको सफलतापछि गायिका नम्रताले यतिबेला दोश्रो गीत आफ्नो एकल स्वरमा बजारमा ल्याएकी हुन् ।

यो गीतमा सागर सदर अधिकारीको शब्द संगीत रहेको छ । गीतलाई विनोद कुमार भुजेलले संगीत संयोजन गरेका हुन् । जसमा कुमार केसीको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

यो गीतको भिडियोलाई डब्बु क्षत्रीले निर्देशन गरेका हुन् । यो गीतको भिडियोमा अभिनेताद्धय श्रीदेव भट्टराई, प्रवण भुसाल र साक्षी लम्सालको अभिनय रहेको छ । गीतमा मध्यम परिवारको प्रेमीलाई छाडेर धनी युवकको पछि लाग्दा युवतीले भोग्नु परेको पीडासँगै पुन आफ्नै प्रेमीको जीवनमा फर्किएको कथा प्रस्तुत गरिएको छ ।

जसमा रेशम दर्लामीको छायाँकन, मनोज सुवेदीको ड्रोन, बीरेन्द्र भाट ‘बिपिन’को सम्पादन रहेको छ । गीतसँगै भिडियोलाई पनि दर्शकले यतिबेला रुचाएका छन् ।