रविनको सम्झन्छु म तिमीलाई सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ पुष

गायक रबिन बर्तौलाले सम्झन्छु म तिमीलाई गीतको भिडियो सार्वजनिक गरेका छन् । गीतमा शब्द, संगीत र स्वर गायक बर्तौलाकै रहेको छ । गीतमा एरेन्ज उदयराज पौडेलले गरेका हुन् । जसमा कुमार केसीको मिक्सिगं तथा मास्टरिङ रहेको छ ।

सार्वजनिक गीतमा एक दृष्टिविहिन युवतीको रोमाञ्चक प्रेम र उनलाई सुख दुस् खमा साथ दिने प्रेमीको चोखो मायाको निर्देशक केशवराज भट्टले गरेका छन् । माया हेराई भोगाई जस्तै महशुस पनि हो भन्ने कुरालाई नजिकबाट केलाइएको सम्झन्छु म तिमीलाई बोलको गीतमा गायक बर्तौला र सुन्दरी सोफी धरेल गज्जबसँग खुलेका छन् । भिडियोमा गायिका प्रेक्षा लम्सालको पनि अभिनय देख्न सकिन्छ ।

उत्तम हुमागाईको छायांकन रहेको सार्वजनिक गीतको सम्पादन बन्दे पाण्डेले गरेका हुन् भने रँग संयोजन प्रविन ढकालको रहेको छ । भिडियो गायक स्वयमकै अफिसियल च्यानल रबिन बर्तौलाबाट बजारमा आएको हो । गायक बर्तौला पेशाले सिभिल इञ्जििनियर हुन् ।