मिस नेपाल श्रीच्छाद्धारा क्विन क्लोसेट उद्घाटन


ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ पुष

मिस नेपाल श्रीच्छा प्रधानले शुक्रबारबाट ललितपुरको जावलाखेलस्थित संचालनमा आएको क्वीन क्लोसेट उद्घाटन गरेकी छिन् । कार्यक्रममा बोल्दै प्रधानले नेपाली पहिरन धेरै कुरामा सोचेर, सजिलो र स्वास्थ्यको दृष्टिले समेत निर्माण हुने भएकोले प्रयोग गर्न सजिलो समेत रहेको बताएकी छिन् ।

‘म नेपाली बुटिकहरुकै फेसन प्रयोग गर्छु । किनभने त्यहाँ मुल्य सुहाउदो र सबैले तिर्न सक्ने हुन्छ’, उनले भनिन् ‘बुटिकमा आफुले चाँहेजस्तो डिजाइन छान्न र बनाउन सकिन्छ ।’ ग्राहक प्रतिको जिम्मेवारीमा अन्य भन्दा बुटिक अलि बढी जिम्बेवार हुने गरेको आफुले पाएको उनले सुनाइन् ।

‘बुटिका पहिरन एकदमै कलरफुल, युनिक डिजाइन हुन्छ । अहिलेका हामी युवाले पहिलेका कल्चर पहिरन प्रयोग गर्दा अर्कै किसिमको गर्व फिल हुन्छ । त्यही कारणले पनि म नेपाली पहिरनमा रमाउछु’ उनले थपिन् ।

क्वीन क्लोसेट मेनका रानाले संचालनमा ल्याएकी हुन् । मेनका आइआइएफटी स्कूल ओफ फेसन ललितपुरकी बिद्यार्थी हुन् । आफुले अध्यायन गरेर सिकेको कुरा प्रयोग गर्ने र फेसनमा सेवा दिने उदेश्यले क्वीन कलेक्सन संचालनमा ल्याएको रानालले बताइन् ।

‘मलाई सानैदेखि फेसनमा केही गर्नुपर्छ भन्ने हुटहुटी थियो । फेसनको बिभिन्न कुरा बुझ्दै जाँदा आइआइएफटी स्कूल अफ फेसनसँग जोडिए’, रानाले भनिन् ‘त्यहाँ सिकेको कुरा बाहिर ल्याउन र फेसनमा नयाँ टेष्ट दिन बुटिक खोले ।’ फेसनमा गुणस्तरिय र आकर्षक पहिरन सस्तो मुल्यामा उपलब्ध दिन बुटिक संचालन ल्याएको उनको भनाई छ ।

‘मेरो बुटिक भिआइपीदेखि सर्वसाधारणसम्म सबैका लागि हो । मेरो उदेश्य फेसनमा सबैको पाँैच होस् भन्ने छ’ उनले अगाडि थपिन् ‘हामी मानिसको इच्छा अनुसारको डिजाइन समेत तयार गरेर दिन्छौ ।’

कार्यक्रममा आइआइएफटी स्कूल ओफ फेसन इन्तेरिओर डिजाइनका कार्यकारी प्रबन्धक बिपना थापाले आफ्नो स्कुलको बिद्यार्थीले ब्यवसायिक रुपमा अगाडि बढेको देख्दा खुसी लागेको बताइन् । उनले मेनकाको आट र क्रियासिलताबाट आफु प्रभावित भएको बताउदै आवश्यक सहयोग गर्न तयार रहेको धारणा राखिन् ।

क्वीन क्लोसेटमा महिलाले फेसनका लागि सबै प्रकारको सेवा प्राप्त गर्न सक्नेछन् । नेपाली पहिरन र कल्चरलाई विशेष प्रथामिकता राखेको यो कलेक्सनमा कल्चरल, फर्मल, पार्टीवेयर, क्याजुअलदेखि सबै प्रकारको ड्रेस पाउन नयाँ बनाउन सकिनेछ ।

विश्व बजारमा चलेका र आकर्षक डिजाइन समेत उपलब्ध हुने बुटिकमा आफुलाई मनपर्ने डिजाइन उचित मुल्यमा तयार गर्न लगाउन पनि सकिनेछ । बुटिकले आफ्नो डिजाइनमा क्वालिटी र रंगसंयोजना समेत विशेष ध्यान दिने बताएको छ ।