गायक सुरेश लामा र गायिका मनु दाहालको रोमान्टिक गीत


ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ पुष

गायक सुरेश लामा र गायिका मनु दाहालको स्वरमा रहेको नयाँ गीत ‘एउटै बर्को पिरतीको आधा आधा ओढौ’ रिलिज भएको छ । यो गीतको भिडियोलाई रिलिज गरिएको हो । गीतमा शब्द किरण के उप्रेतीको र संगीत नबिन कार्कीको रहेको छ । रोमान्टिक गीतमा संगीत संयोजन बिशाल निरौलाले गरेका छन् ।

गायकीमा राम्रो सम्भावना बोकेकी मनुको गीत सार्वजनिक भएको केहि दिनमा नै दर्शक श्रोताको नजरमा परि सकेको छ। यु ट्युबमा राम्रो प्रतिक्रियाको साथ भिडियोको भ्युज पनि बढी रहेको छ । मनोज राजभण्डारीले निर्देशन गरेको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठ फिचर्ड छन्।

रामेश्वर हुमागाईंले छायांकन गरेको भिडियोको सम्पादन मित्र डी.गुरुङको रहेको छ। सुरेश पाण्डेको कोरियोग्राफी रहेको भिडियोमा आकाश र करुणाको केमेस्ट्री जमेको छ। भिडियो गायिका मनु दाहालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।