कृष्ण र शान्तिश्रीको धरहरामा बस्यो माया जाल


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ मंसिर

गायक कृष्ण काफ्ले र गायिका शान्तिश्री परियारको स्वरमा रहेको गीत नयाँ गीत ‘धरहरामा बस्यो माया जाल…’को भिडियो सार्वजनिक गरिएको छ । यो गीतलाई सपना वानियाले लेखेकी हुन् । गीतमा सुन्दर लामाको संगीत रहेको छ ।

यो गीतको भिडियोलाई आदित्य बुढाथोकीले निर्देशन गरेका हुन् । भिडियोमा केशवराज भट्टको नृत्य निर्देशन रहेको छ । जसमा राज टाइगर र सोफी धरेलले अभिनय गरेका छन् । भिडियोमा राज र सोफीको अभिनय आकर्षक देखिएको छ । मानकृष्ण महर्जनको छायांकन रहेको भिडियोमा पदम सुवेदीको सम्पादन र मिलन विश्वकर्माको कलर रहेको छ ।