‘म उठ्छु’ गीतमा बोल्ड साक्षी


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ पुष

नाइन्टिज प्रोडक्शन हबको प्रस्तुतिमा ‘म उठ्छु’ बोलको गीत दर्शकमाझ आएको छ ।

यो गीतमा नवराज श्रेष्ठको स्वर, कल्याण सिंहको संगीत र डीपी खनालको शब्द रहेको छ । सार्वजनिक यो गीतको भिडियोमा व्यान्डका अधिकांश सदस्यहरुलाई नै देख्न सकिन्छ ।

यो गीतको भिडियोमा साक्षी लम्सालको अभिनय रहेको छ । भिडियोमा साक्षी निकै बोल्ड रुपमा प्रस्तुत भएकी छिन् ।

भिडियोमा सन्जित के घिसिङको छायांकन, सम्पादन र निर्देशन छ । क्लेरियन्स नेपाल नामक ब्याण्डले यो गीत बजारमा ल्याएको हो ।

ब्यान्डमा चार जना सदस्यहरु छन् । प्रेम भाव बोक्ने गीतलाई यो ब्यान्डले नयाँ शैलीमा सार्वजनिक गरेको छ ।