कमलाको स्वरमा आयो यो मेरो पिरती


ब्युटी न्युज नेपाल
काठमाडौं १ पुस

नवोदित गायिका कमला मगरले आफ्नो पहिँलो गीती एल्बम ‘यो मेरो पिरती’ सार्वजनिक गरेकी छिन्। यो गीतको भिडियोलाई कमला मगर अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरीएको छ । यो गीतमा गायिका कमला मगर र गायक खेम सेन्चुरीको स्वर रहेको छ । यो गीतलाई रमेस परियारले लेखेका हुन् । यसमा संगीत पनि रमेश परियारकै रहेको छ ।

‘यो मेरो पिरती’ गितलाई माया प्रेम र नेपाली मौलिक पनको प्रेमील रुपमा प्रस्तुत गरिएको छ । यो गीतको भिडियो निकै आकर्षक बनेको छ । गीतको भिडियोमा पुष्प खड्का र कबिता नेपालीले अभिनय गरेका छन् ।

भिडियोलाई मौसम हिमालीले कोरियोग्राफर तथा निर्देशन गरेका हुन् । यो गितको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।
गोरखा ४ आरुघाट गाउँपलिकामा २०५५ सालमा जन्मीएकी मगरले गीत गाएको निकै भए पनि उनको यो पहिलो रेकर्ड भएको गीत हो । आफ्नो पहिलो गिति एल्बम भएकाले दर्शक स्रोतालाई सकरात्मक प्रतिकृया दिन उनले आग्रह गरेकी छन् ।