सत्यस्वरुपका दुई गीत रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० पुष

गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यले आफूहरुले गाएको एक/एक गीत सार्वजनिक गरेका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रमका बीच उनीहरुको गीत सार्वजनिक गरेका हुन् ।

बरिष्ट संगीतकार शम्भुजित बाँस्कोटा, राजन इसान, गायक शिलाबहादुर मोक्तान, सचिन रौनियार, गायिका प्राश्ना शाक्य, निर्देशक आशिफ शाह लगायतका अतिथिले सो गीत सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा गायक सत्यराज आचार्यले चलिरहेको शैली भन्दा पनि संगीतको माधुर्यतालाई बुझेर गीत तयार गरिएको बताए । उनले स्वर दिएको पागलपन बोलको गीतमा गायिका अञ्जु पन्तले स्वर दिएकी छन् ।

अर्को गीत मायामा स्वरूपराज आचार्य र अनु चौधरीले स्वर दिएका छन् । गायक आचार्यले सिधै रेकर्डिङ स्टुडियो छिरेर गीतमा स्वर दिने परम्परा बढेकोले पुराना गीत झैं मिठास हराएको बताए ।

सार्वजनिक दुई गीतमा पदम लोहारले शब्द रचना गरेका हुन् । भिडियोमा उनकै अभिनय पनि छ । सार्वजनिक दुई मध्ये ‘माया’ बोलको गीतमा अभिनेत्री पूजा शर्मा र अर्को गीत ‘पागलपन’मा अभिनेत्री शिल्पा मास्केले पनि अभिनय गरेका छन् । सिनेमा गीत झैं निर्माण गरिएको भिडियोले दर्शकलाई खुसी बनाउने निर्देशक कविराज गहतराजले बताए ।