रोशनको मेरी मायाँलुमा राहुल र ज्योती


ब्युटी न्युज नेपाल
काठमाडौं, २७६ मँसिर

गायक रोशन सिंहको क्षितिजको स्वरमा नयाँ गीत मेरी मायाँलु दर्शकमाझ आएको छ । यो गीतको शब्द संगीत पनि रोशनकै रहेको छ । यो गीतलाई विश्व अधिकारीले एरेन्ज र मिक्सिङ गरेका हुन् । गीतलाई ओपल स्टुडियोमा रेकर्ड गरिएको हो ।

यो गीतको भिडियोमा राहुल श्रेष्ठ र ज्योती खड्काले अभिनय गरेका छन् । पप जनराको यो गीतमा यी राहुल र ज्योतीलाई प्रेमिल जोडीको रुपमा प्रस्तुत गरिएको छ । उनीहरुको जोडी निकै सुहाएको छ । म्युजिक भिडियोमा छाईरहने राहुले यसमा निकै राम्रो काम गरेका छन् ।

यो म्युजिक भिडियोलाई त्रिलोक लामाले डिओपी एवम् सम्पादन गरेका हुन् । भिडियोमा उर्गेन लामाको छायाँकन रहेको छ । यो म्युजिक भिडियोलाई गायक रोशन सिंह क्षितिज आफैंले निर्देशन गरेका हुन् ।