भिडियोमा आयो विपिन र शिलाको राजा रानी


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ मँसिर

गायक विपिन घिमिरे र गायिका शिला बिष्टले युगल स्वरमा नयाँ गीत राजा रानी दर्शकमाझ ल्याएका छन् । यो गीतको भिडियोलाई हालै राईट ट्युन इन्टरटेनमेन्टको युट्युव च्यानलबाट रिलिज गरिएको छ । निरज सिग्देलले लेखेको यो गीतलाई विपिन घिमिरे आफैंले संगीत गरेका हुन् । गीत निकै माधुर्य बनेको छ । दीपक राज विश्वकर्माले यो गीतको संगीत संयोजनासँगै मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

यो गीतको भिडियो निकै रमाईलो बनेको छ । भिडियोलाई गणेश शाहीले निर्देशन गरेका छन् । जसमा सरोज राना प्रजा र विना राउतको अभिनय रहेको छ । उनीहरुको प्रस्तुति यो गीतको भिडियोमा आकर्षक छ ।

विशाल थापाले छायाँकन गरेको यो गीतको भिडियोलाई दिनशन शाहले सम्पादन तथा रँग सँयोजना गरेका हुन् । जसमा स्वस्तिका श्रेष्ठको सृँगार र नवराज पौडेलको निर्माण व्यबस्थापन रहेको छ । अहिले यो गीतलाई दर्शकले निकै रुचाएका छन् ।