दिपक लिम्बुको १ मिलियन सेलिब्रेशन केक धरानमा


ब्युटी न्युज नेपाल
धरान, २१ कात्तिक

सुनसरीकै प्रकाशपुरमा जन्मेका गायक दिपक लिम्बुले धरानमा कर्मथलो बनाएर तिम्रो सुर मेरो गीत हुँदै प्रथम नेपाली ताराको बिजेता भएका थिए। त्यसयता सफलताको शिखर चढेका गायक लिम्बुले धरान वडा २० स्थित श्रम सँस्कृति पार्कमा निर्माण भएको अहिलेको धरानको चर्चित आरा धरान पार्कमा १ मिलियन सेलीब्रेशन केक काटेर खुशियाली मनाएका हुन् । गायक लिम्बुसँगै उक्त गीतका मोडल वादल श्रेष्ठले संयुक्तरुपमा केक काटेका थिए । सागर बरु सुकेर गइजाला… को म्युजिक भिडियो १० लाखबढीले हेरेको खुशीयाली धरानमा संचारकर्मीहरु तथा आफ्ना शुभेच्छुकहरुसंग उनले साटेका हुन् ।

सिन्धु रानाको रचना तथा रेशमलाल चौधरीको संगीत रहेको उक्त गीत सपना श्रीले फिमेल भर्शन र गायक लिम्बुले मेल भर्शनमा गाएका थिए । अहिले भने उनले यो गीतलाई नयाँ भर्सनमा रेकर्ड गरि नयाँ म्युजिक भिडियो तयार गरेका हुन् । उक्त म्युजिक भिडियोमा वादल श्रेष्ठ, गरिमा शर्माको अभिनय रहेको छ भने निकेश खड्काको निर्देशन रहेको छ ।