ब्युटी न्युज नेपाल
रुकुम २० कात्तिक
शुक्रबार रातीको भूकम्पपछि पश्चिम रुकुम र जाजरकोटमा भूकम्पको धक्का महसुस गर्ने क्रम जारी छ । यसै क्रममा आज सोमबार दिउँसो पुनः आएको भूकम्पमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा चारजना घाइते भएका छन् । दिउँसो ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प आउँदा नगरपालिकाका चारजना घाइते भएका हुन् ।
आज पनि जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पटकपटक भूकम्पको धक्का महसुस हुँदा स्थानीय झन् त्रसित हुँदै गएका छन् ।
आज घाइते भएका चारै जनालाई तत्काल उद्धार गरी नगर अस्पताल राडीमा पुर्याएको नगरप्रमुख रबि केसीले जानकारी र्र्दिए । घाइतेको नगर अस्पतालमा उपचार भइरहेको छ । भूकम्प आउने जोखिम कायमै रहेकाले सचेत रहन नगरप्रमुख केसीले अनुरोध गरेका छन् ।