श्याम महर्जन र विनुसाको स्वरमा आयो मायाँ हाम्रो


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ कात्तिक

गायक श्याम महर्जन र गायिका विनुसा राईको स्वरमा रहेको गीत माया हाम्रो…को भिडियो सार्वजनिक भएको छ । यो गीतलाई गायक श्याम मर्हजनले नै संगीत गरेका हुन् । सो गीतको रचना पनि श्यामकै हो । प्रेम सँयोगमा केन्द्रित यो गीतमा बलराम राजवंशीको संगीत संयोजन रहेको छ ।

यो गीतको भिडियोमा सागर गैरे र कोरल थापाको अभिनय रहेको छ । गीतको भिडियो पनि रमाईलो बनेको छ । निकै गरिब प्रेमीलाई सुरुका दिनमा प्रेमिकाले गरेको सहयोगपछि उनीहरुको मिलनले प्राप्त भएको सफलताको कथा यो गीतको भिडियोमा समेटिएको छ । कोरलको तुलनामा सागरको अभिनय निकै प्रभावशाली छ ।

यो गीतको भिडियोमा जयेन्द्र कुवँरको छायाँकन तथा विजयराज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको छ । गीतको भिडियोलाई श्याम महर्जनको अफिसियल युट्युव च्यानलबाट रिलिज गरिएको छ ।