राजेश र प्रितीको उमेर सत्र भयो खत्रामा प्रियँका र आकाश


ब्युटी न्युज नेपाल
काठमाडौंँ, १२ कात्तिक

गायक राजेश बर्देवा र गायिका प्रिती आलेको स्वरमा नयाँ गीत ‘उमेर सत्र भयो खत्रा…’ को भिडियो सार्वजनिक भएको छ । प्रतिभा शर्माको शब्द तथा प्रिय कुमारको संगीत रहेको गीतको एरेन्ज केशव बडुले गरेका हुन् ।

गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आकाश श्रेष्ठको अभिनय छ । निकै तामझाम सहित रेष्टुरेन्टको माहोलमा तयार भिडियोमा प्रियंका र आकाशको नृत्य आकर्षक छ ।

उत्सव बिष्टको निर्माण र न्यु लक्ष्मी ज्वेलर्स युकेको निर्माण सहकार्य रहेको भिडियो गीतले १७ बर्षको उमेर युवतीले आफ्नो जोवन सम्हाल्नुपर्ने, यो समय अनेक खतराको सामना गर्नुपर्ने र त्यो सामाना गर्न नसके जीवनै संकटमा पर्ने सन्देश समेटेको छ ।

गम्भिर बिष्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रविन भट्टको सम्पादन छ ।

भिडियो गायक बर्देवाको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतले दर्शक श्रोताले मनपराउने अपेक्षा आफुले गरेको गायक बर्देवाले बताए । आगामि दिनमा पनि यो भन्दा राम्रो गीतसंगीत दिने आफ्नो योजना रहेको उनले सुनाए । रेष्टुरेन्टको महोलमा छायांकन भएको भिडियोमा एउटी युवतीलाई १७ बर्षको उमेरमा के कस्ता खतराको आएपर्छ भनेर देखाइएको छ ।