मानसराजको मुड फ्रेसमा आश्मा र सरोजको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ कात्तिक

गायक मानसराज बोहराको नयाँ गीत मुड फ्रेस दर्शकमाझ आएको छ । दशैंको अबसर पारेर यो गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको शब्द, संगीत र स्वर मानसराजको हो । सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् भने मिक्सिगं तथा मास्टरिगं नरेन्द वियोगीले गरेका हुन् ।

अर्कै संसारकी प्रेमीकाको मायामा परेका एक प्रेमीको रोमान्टिक प्रेम कहानीलाई देखाइएको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्धय सरोज अधिकारी र आश्मा विश्वकर्माको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

भिडियोमा सरोजकी प्रेमीकाका रुपमा देखिएकी आश्मा अर्कै संसारकी राजकुमारीका रुपमा देखा परेकी छिन् । अझै भनै उनी एलियनको भूमिकामा छिन् । जो पृथ्वीमा आएर एउटा वैँशालु उमेरमा युवकलाई माया प्रेममा पारेर आफ्नो संसारमा फर्किन्छिन् । जुन दृश्यलाई निर्देशक सरोज अधिकारीले निकै नै कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

निर्देशक सरोजकै कन्सेप्ट र कोरियोग्राफी यसमा रहेको छ । नवराज अधिकारीको छायांकन तथा सुरज अधिकारीको सम्पादन रहेको सार्वजनिक गीत का गायक मानसराज गायनका अलावा थिएटरमा पनि अभिनय गर्न माहिर छन् । उनको रचना रहेको फिल्म रेशम फिलिलिमा समावेश बहुचर्चित गीत पारि त्यो डाडामा हेर घाम लाग्यो घमाईलो, चलचित्र डायरीको माया मायामा, भाईरल भैदियो, हिरो , लैलै राजकुमारी लगायतका छन् । सार्वजनिक गीत मुड फ्रेस कार्टुन क्रुज नामक युट्युबबाट रिलिज गरिएको हो ।