गायक राजु भट्टले अपी हिमाल बेसक्याम्पमा छायाँकन गरेर ल्याए म्युजिक भिडियो


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ कात्तिक

दार्चुला जिल्लामा पर्ने सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपी हिमालको बेसक्याम्पमा पहिलो पटक म्युजिक भिडियो छायाङ्कन गरिएको छ । त्यहाँ छायाँकन गरिएको आए म त…गीतको भिडियो दशैंको अबसर पारेर सार्वजनिक भएको छ । मौसमका कारण धेरै एडभेन्चर शो हरुले समेत छायांकन गर्न नसकेको करिब ७,१३२ मिटर उचाई रहेको हिमालको बेस क्याम्पमा भिडियोको टिम पुर्याएर कलाकार एबम निर्देशक राजु भट्टले भिडियो सुटिङ गरेका हुन् ।

राजु भट्टको आफ्नै शब्द ,संगीत र मानश्वी मालाकारको एरेन्ज रहेको यो गीतमा राजु र ममता गुरुङको स्वर रहेको छ । काठमाडौको बसन्तपुर देखि दार्चुलाको अपी हिमाल सम्मको दृश्यहरु समेटेर तयार पारिएको भिडियो निर्माण गर्न २ हप्ता लागेको गायक एबम निर्देशक भट्टले बताएका छन् ।

धनगढीकी स्थानिय कलाकार बोन्दिता धामी र दार्चुला अपीका स्थानियको साथमा राजु भट्टको अभिनय रहेको भिडियोले नेपालको प्राकृतिक सौन्दर्यता र गाउको जनजीवनलाई एउटा दरिलो श्रव्य दृश्य मार्फत प्रस्तुत गरेको छ ।

२ युवाहरु सिनेमाटोग्राफर केशव पाण्डे र निर्देशक भट्टको एउटा अथक मेहनतबाट तयार भिडियो हेर्दा दार्चुलाको अपी क्षेत्र लगायत् समग्र नेपालको पर्यटनको क्षेत्रको लागि एउटा कोसे ढुंगाको काम गर्ने विश्वास गायक राजुको छ । । संसारभर नै पछिल्ल्लो समय युवाहरुको रोजाईमा एडभेन्चर ,ट्रेकिंङ एबम ट्राभलिङ सम्बन्धीको फिल्म एबम कार्यकमहरु पर्ने गरेकोमा यस म्युजिकल फिल्मले नेपालको आन्तरिक एबम बाह्रय पर्यटनको विकासमा टेवा पुर्याउने उनको दाबी छ ।