मँगलम… दुर्गा बन्दना गीतमा मिसेस नेपाल वल्र्ड २०२३ को प्रतियोगीहरु


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ कात्तिक

मिसेस नेपाल वल्र्डका प्रतियोगीहरु म्युजिक भिडियोमा प्रस्तुत भएका छन् । आयोजक संस्था रिवन इन्टरटेनमेन्ट प्रा.लि.ले वडा दशैंको अवसर पारेर मिसेस नेपाल वर्ल्ड २०२३ का प्रतियोगीहरुलाई समावेश गरी दशैं गीत मंगलम्…को म्युजिक भिडियो तयार पारी दर्शकमाझ ल्याएको छ ।

भक्ति गीत गायक गायिका दम्पती रामचन्द्र काफ्ले र जुनु रिजालले गाएका छन् भने गीत रचना रमेश दाहाल, संगीत सिर्जना र संयोजन राजेन्द्र बजगाई, मिक्सिङ्ग र ध्वनि सम्पादन मनोज परियारको रहेको छ । यो गीत मिसेस नेपाल वर्ल्ड २०२३ को आयोजक संस्था रिबन इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सौन्दर्य प्रतियोगिताको क्षेत्रमै पहिलोपटक प्रतियोगीहरुलाई समावेश गरी म्युजिक भिडियो तयार पारिएको हो। यो दुर्गा भक्ति गीत दुर्गा माताको आराधनामा आधारित छ । भक्ति गीतको म्युजिक भिडियोमा मिसेस नेपाल वर्ल्ड २०२३ का सम्पूर्ण प्रतियोगीलाई अभिनय र नृत्य गराइएको छ । आठ मिनेट लामो दुर्गा आरधना आकर्षक प्रकाश संयोजनको आकर्षक सेटमा खिचिएको छ ।

सन्दीप भुजेलको कोरीयोग्रफी र निर्देशनमा तयार भएको मँगलम…भक्ति संगीतको म्युजिक भिडियोमा छायांकन ओम प्रसाई, कन्सेप्ट र स्क्रिप्टिङ्ग अश्विनी झा र निशु झा तथा मेकअप सबिता चौधरीको रहेको छ ।