‘पशुपति प्रसाद २ : भष्मे डन’को पशुपतिमा क्षमापुजा


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० असोज

चलचित्र ‘पशुपति प्रसाद २ ः भष्मे डन’को सम्पूर्ण छायाँकन पशुपति क्षेत्रमा गरिएको थियो । छायाँकनको क्रममा भएका गल्ती प्रति क्षमा माग्दै सो चलचित्रको टिमले सोमबार साँझ पशुपतिमा क्षमा पूजा गरेको छ ।

निर्देशक दिपेन्द्र के खनाल निर्देशित यो सिनेमाको क्षमा पुजामा लेखक तथा निर्माता खगेन्द्र लामिछाने, अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक खनाल, वितरक करण श्रेष्ठ र प्रोडक्सन म्यानेजर शंकर पाण्डे सहभागी थिए ।

‘सिनेमाको पशुपति क्षेत्रमा करिब ६५ दिन छायांकनका क्रममा केही गल्ती कमजोरी भएको खण्डमा माफी पाउँ भनी क्षमा पूजा गरिएको हो । मान्छेबाट जान अन्जानमा गल्ती हुने भएकाले यदी त्यसो भएको भए भोलीमा दिनमा कुनै क्षेती नहोस भनेर क्षमा पूजा गर्ने चलन रहेको छ ।’ लेखक तथा निर्माता लामिछानेले भने ।

सिनेमाकी मुख्य अभिनेत्री स्वस्तिमा खड्काले आफुले कुनै सिनेमाको लागि क्षमा पूजा गरेको पहिलो अनुभव भएको बताइन्,‘मैले आजसम्म धेरै सिनेमामा काम गरेको छु धेरै मन्दिरमा छायांकन गरेकी छु । तर, यो आफ्नो पहिलो पटक भएकाले पनि नौलो र अगल महसुस गरेकी हुँ ।’

सिनेमामा स्वस्तिमा खड्कासँगै विपिन कार्की, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भूमिकामा छन् ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् ।