अमेरिकामा कालीप्रसादको कन्सर्ट हुँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ असोज

गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा ,फिरोज स्याङ्गदेन,परिजिता बास्तोला लगायतको प्रस्तुति अमेरिकाको डिसी महानगर क्षेत्रमा हुने दशैँ तिहार महोत्सवमा हुने भएको छ ।

कार्यक्रम आगामी अक्टोबर १४ शनिबारका दिन हुनेछ भने सांगीतिक कार्यक्रम ६ बजे साँझ देखि प्रारम्भ हुनेछ ।

डिटी फेस्टिभल अर्थात् दशैं तिहार मेला २०२३ नामकरण गरिएको उक्त कार्यक्रम डिसी क्षेत्रको भर्जिनिया राज्यको प्रिन्स विलियम काउन्टीको फेयरग्राउण्डमा हुनेछ ।

गत बर्ष सफलतापूर्वक दशैँ तिहार महोत्सव सम्पन्न गर्न सफल भएको महोत्सवको आयोजक ३ ई इन्टरटेन्टमेन्ट रहेको छ ।
टिकट अग्रिम खरिद गर्न सकिने छ भने यसको लागि यहाँ थिच्नु होस् ।