नूतनको कैदी बनाउ मलाई सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ असोज

गीतकार नूतन भुसालले कैदी बनाउ मलाई गीतको भिडियो सार्वजनिक गरेकी छिन । ईजरायलमा रहेकी उनले यो गीतको भिडियो रिलिज गरेकी हुन् । संगीतकार सुनिल मास्केको एकल संगीत र गीतकार नुतन भुसालको एकल शब्दमा रहेको गीती एल्बम नूतनुमा बिभिन्न गायक गायिकाहरुले आफ्नो आवाज दिएका छन । भिडियोलाई गीतकार नूतन भुसालको युट्युब च्यानल मार्फत रिलिज गरिएको हो ।

ुकैदी बनाउु ुगीतमा गायक विश्व नेपालीको स्वर रहेको छ भने रिकेश गुरुङको संगीत संयोजन रहेको छ । राज लिम्बुको निर्देशनमा बनेको भिडियोमा प्रकाश श्रेष्ठ एवं विष्णु कट्टेल पराजुलीले अभिनय गर्नु भएको छ ।

ईजरायलको सेरोफेरोमा सन्तोष माबोले छायाङ्कन गरी गीतको भिडियोलाई आकर्षक बनाइदिएका छन् ।

गीतकार भुसालले गीतको लेखनदेखि छायाँकन हुँदै अन्तिम रुप दिन सबैले सहयोग र मिहिनेत गरेकै कारण दर्शकहरु सामु पुगेकाले दर्शक स्रोताले पनि सो गीतलाई सुनिदिन आग्रह गर्नु भएको छ ।