‘मुखले ठिक बनाउने…’को भिडियो ल्याईन मेलिनाले


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ असोज

गायिका मेलिना राईले गायक चुडामणि मगरसँग युगल स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक गरेकी छिन् । ‘मुखले ठिक्क बनाउने…’ गीत तथा भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

भद्र नकलको शब्द तथा संगीतमा तयार रहेको यस गीतको भिडियोमा अहिलेकी चर्चित मोडल अञ्जली अधिकारी र टम्पशेर राईले अभिनय गरेका छन् । पूर्वेली लोकलयमा आधारित गीतको भिडियोमा अञ्जली र टम्पशेरको रोमान्स देख्न सकिन्छ ।

तारावीर पाण्डेको निर्देशन गरेको यस भिडियोको छायाँकन मुकेश हुमागाईँ रसम्पादन विकाश धमलाको रहेको छ ।

सन् २०१४ देखि गायनमा सक्रिय रहँदै आएका गायक चुडामणिको र मेलिनासँगको यो पहिलो युगल गीत हो । गायक चुडामणि हाल रोजगारीका क्रममा मलेसियामा छन् । चुडामणि मगरले यसअघि ‘उदायो बिहानी’, ‘कान्छीको जवानी’, ‘वीर गोखौली’जस्ता चर्चित गीत ल्याइसकेका छन् ।