दर्शन सलाम हिट भएपछि तिमीलाई हेरेर… भन्दै आए डेभिड


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ असोज

पहिलो नम्बरमा, दर्शन सलाम जस्ता हिट गीत दिएका गायक डेभिड शँकरले यतिबेला आफ्नो स्वरमा नयाँ गीत ‘तिमीलाई हेरेर…’को भिडियो बजारमा ल्याएका छन् ।

उनको यो प्रेमिल गीतलाई अनिल तिखत्रीले लेखेका हुन् । जसमा संगीतकार दीपक शर्माको संगीत रहेको छ । दीपककै संगीतमा पहिलो नम्बरमा, दर्शन सलाम जस्ता हिट गीत गाएका डेभिडले यो गीतमा पनि दीपककै संगीतमा स्वर दिएका हुन् ।

पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको यो गीतको भिडियो आकर्षक बनाईएको छ । डेभिडले आफ्नै अफिसियल युट्युव च्यानलबाट आफ्नो यो गीतको भिडियो शुक्रबार बेलुका रिलिज गरेका हुन् ।

यो गीतको भिडियोमा डेभिड आफैंले मोडलिङ गरेका छन् । आफुले निर्माण गरेका कारण यो गीत र गीतको भिडियोलाई आफ्नै च्यानलबाट रिलिज गरेको उनले बताएका छन् । उनी गायकसँगै मोडलिङमा पनि यो गीतबाट उत्रिएका छन् ।

युवराज वाईवाले निर्देशन गरेको यो गीतको भिडियोमा डेभिड शँकरसँग पवी शाकीको अभिनय रहेको छ । भिडियोमा निशल पौडेलको छायाँकन, लोमस पौडेलको सह निर्देशन र विकाश दाहालको सम्पादन रहेको छ । प्रेमालापमा आधारित यो गीतको भिडियोलाई दर्शकले मन पराउने विश्वास गायक डेभिडको छ ।