सिनेमा हलमा ‘एक भागवत र एक गीता’ रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं २९ भदौ

चलचित्र ‘एक भागवत र एक गीता’ शुक्रबारबाट मुलुकका सिनेमा हलमा रिलिज भएको छ । सोमबार यो वर्षको हरितालिका तिज रहेको छ । सोही अबसर पारेर यो फिल्म शुक्रबार रिलिज गरिएको निर्माता सुनिल कुमार थापाले बताएका छन् ।

चलचित्र एक भागवत गीता नाम राखेर निर्माण गरिएको यो चलचित्रको नाममा निकै विवाद परेको थियो । अन्तत चलचित्रको नाम परिवर्तन गरेर रिलिज गरिएको हो । केही धार्मिक संस्था र विकाश बोर्डको अडानका कारण नाम परिवर्तन गरेर एक भागवत र एक गीता राखिएको निर्देशक झरना थापाले बताएकी छिन् । फिल्मको शुक्रबार काठमाडौंमा विशेष सो पनि आयोजना गरियो । सिनेमालाई सबैले राम्रो प्रतिक्रिया दिए । चलचित्र एक भागवत र एक गीताले मुलुकका ७ दर्जन भन्दा बढी सिनेमा हल पाएको यसका निर्माता थापाले बताएका छन् ।

यो चलचित्रमा अन्तरजातीय प्रेमकथा प्रस्तुत गरिएको चलचित्रकी निर्देशक झरना थापाले बताएकी छिन् । यो चलचित्रमा अभिनेता विपिन कार्कीले तेश्रो लिँगी महिलाको भूमिका निर्वाह गरेका छन् । जनकपुरको आसपासमा छायाँकन गरिएको यो चलचित्रमा विपिनसँगै धिरज मगर, सुहाना थापासहितको मुख्य भूमिका रहेको छ ।