नायिका नीता ढुंगानालाई पितृशोक


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ भदौ

अभिनेत्री नीता ढुंगानालाई पितृ शोक परेको छ । ८० वर्षको उमेरमा उनका बुबा सोमप्रसाद ढुंगानाको शनिबार निधन भएको छ । शनिबार साँझ अभिनेत्री नीताले फेसबुकमा बुबाको फोटो राख्लै आफुलाई पितृशोक परेको जनाएकी हुन् । बुबा सोमप्रसाद केही समय देखि अस्वस्थ थिए । बाल्यकालमै आमाको न्यानो काख गुमाएकी नीता बुबासँग अत्यन्त नजिक थिइन् ।

आफु सानैदेखि बुबाको साथ र हौसलाले सिनेमामा आएको उनले बताउँदै आएकी थिईन् । चलचित्र मितिनीमा अभिनेत्री निताले बाल कलाकारको अभिनय गरेर चलचित्र यात्रा सुरु गरेकी थिईने । नीता अहिले आफ्नो होम प्रोडक्सनको फिल्म ‘ह्रस्व दीर्घ’को निर्माणमा व्यस्त छिने । यो दुखद घडीमा अभिनेत्री नितालाई व्युटी न्युज नेपाल परिवारका तर्फबाट हार्दिक समवेदना ।